दुर्घटना हुनुमा चालक मात्रै दोषी नभएको यातायात व्यावसायीहरुको जिकिर


धरान । सवारी दुर्घटनामा ८० प्रतिशत चालकको दोष देखाइने गरिए दुर्घटनामा अन्य कारण धेरै हुने भन्दै उनीहरु पनि सजायको भागी हुनु पर्ने पनि सरोकारवालाले बताएका छन् । दुर्घटना हुनुमा सडकको अवस्था, आम नागरिक एवं यात्रुको व्यवहार र सडक अतिक्रमण मुख्य दोषी भएको उनीहरुले आरोप लगाएका छन् । 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोसी अञ्चल भेलामा उपस्थित यातायात व्यवसायीहरुले दुर्घटनामा चालकलाई मात्र दोष दिएर गाडी कब्जामा लिने नीतिको अन्त्य हुनु पर्ने माग गरे । 

सोमबार धरानको होटल सेछमा आयोजना गरिएको भेलामा  सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सार्वजनिक सवारीको यात्रा लैङ्गिक मैत्री नभएको आरोप लगाए । उनले भने ‘सार्वनिक सवारीमा परिवारसंग हिड्न सकिने अवस्था छैन ।’ उनले यातायात व्यवसायी र मजदूरका समस्यामा छलफल गर्न सकिने बताउ“दै यातायात क्षेत्रमा बोलिने भाषामा सुधार ल्याउन आग्रह पनि गरे । प्रजिअ पन्थले यात्रु मैत्री वातावरण निर्माणमा व्यवसायी मजदुर जिम्मेवार हुनुपर्ने बताए । उनले दुर्घटनामा चालकलाईै मात्र दोष दिएर पन्सिन नमिल्ने बताए । उनले भने चालकलाई थप प्रशिक्षण दिने हो भने ‘दुर्घटनामा उल्लेख्य कमी हुन्छ ।’
व्यवसायीहरुले जताततै बनेका अबैज्ञानिक सडक, छाडा छाडिने चौपाया, सडकको अतिक्रमणका कारण दुर्घटना बढेको भन्दै उनीहरुले यस्ता कारक तत्वलाई पनि सजाय दिने व्यवस्था हुनु पर्ने माग गरे । भेलामा अञ्चल समिति समेत चयन गरिएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघको गत भदौमा सम्पन्न महाधिवेसनले अञ्चल संयोजक निर्वाचित गरेपनि समितिको पूर्णता भने सोमबार भएको हो । कृष्णप्रसाद सुबेदी संयोजक रहेको भेलाले शंकर घिमिरेलाई सह संयोजक, मोहनमणि बराललाई सचिवमा चयन गरेको छ । त्यसै गरि टिकाप्रसाद लिम्बुलाई सहसचिव, ध्रुवराज घिमिरेलाई कोषाध्यक्ष र अन्य १० लाई सदस्यमा चयन गरेको छ । भेलाले अग्रज यातायात व्वसायी हिरा उदास लगाउत आठलाई सल्लाहकारमा मनोनित पनि गरेको छ । कार्यक्रममा यातायात व्यवसायी सरोज श्रेष्ठ, हिरा उदास, प”र्वाञ्चल ट्राफिक प्रहरी नरबहाद’र केसी, शंकर घिमिरेलगायतले बोलेका थिए । 



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे