रेडियोलोजीको तीन दिने अन्र्तराष्ट्रिय सम्मेलन शुरु

धरान । रेडियोलोजीमा विकास भएको नयाँ प्रविधि र उपचार पद्दतीबारे ज्ञान एवं दक्षता बढाउने उद्देश्यले शुक्रबारदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजिष्टहरुको अन्र्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । ११ औं सेफिल्ड लण्डन इन्टरनेशनल कन्फ्रेन्स अन डायग्नोष्टिक इमेजिङ नाम दिइएको सम्मेलनको उद्घाटन प्रतिष्ठानका उपकुलपति डा.बीपी दासले गरेका थिए ।
तीन दिनसम्म हुने सम्मेलनमा चीन, भारत र बेलायतबाट आएका ३४ जना रेडियोलोजी विज्ञहरुले युवा रेडियोलोजिष्टहरुलाई विकास भएको प्रविधि, अनुसन्धान एवं उपचार पद्दतीबारे सिकाउनेछन् । सम्मेलनबाट नेपाली रेडियोलोजिष्टहरुको लागि धेरै लाभदायी हुने र यसले जनतालाई पनि फाइदा पुग्ने अपेक्षा गरिएको छ । ‘पछिल्लो १५ बर्षमा नेपालमा रेडियोलोजीको विकास तीब्र भयो, तर विश्वको तुलनामा भने यो धेरै कम छ । त्यसैले विश्वमा भइरहेको नयाँ प्रविधि विकास, प्रयोग र उपचार पद्दतीबारे विज्ञहरुबाट जानकारी पाउछौं, यसले उपचार पद्दतीमा नै धेरै प्रभाव पार्छ’–बीपी प्रतिष्ठानस्थित रेडियोलोजी विभागका प्रमुख एवं स्थानीय व्यवस्थापन समितिका अध्यक्ष डा.आर.के.रौनियारले भने । सम्मेलनमा नेपाल र भारतका गरि २ सय बढी युवा रेडियोलोष्टिहरु सहभागी छन् ।

यो सम्मेलन बेलायतको लण्डनस्थित सेफिल्ड ग्रुपअन्र्तगतका रेडियोलोजीका प्रख्यात शिक्षक(फ्याकल्टी)हरुको समुहले आयोजना गरेको हो । दुई दशकअघि शुरु भएको यो कार्यक्रमको ११ औं सँस्करण नेपालमा पहिलो पटक आयोजना भएको हो । समुहले विकसित राष्ट्रमध्ये एउटालाई छनौट गरेर प्रत्येक दुई बर्षमा यो सम्मेलन हुनेगर्छ । सम्मेलनको उद्घाटन गर्दै उपकुलपति डा.दासले नेपालमा रेडियोलोजीको विकास गर्न सहयोगको लागि सम्मेलन आयोजक समुहलाई आग्रह गरे । जनशक्ति भएर पनि साधनको अभावले समस्या भइरहेको उल्लेख गर्दै उनले साधन जुटाउन पनि सहयोग पुग्ने आशा जनाए । ‘जनशक्तिको समस्या छैन, हामी जनशक्ति पठाउछौं, तपाईहरु सिप सिकाउनुस् तर साधनको समस्या छ । आवश्यक साधन भए हामी यही अन्र्तराष्ट्रियस्तरको सेवासुविधा दिनसक्छौं’–उपकुलपति दासले भने ।


चीनिया डाक्टर लिले आफुसँग भएको ज्ञान बाँड्न सदैव तयार रहेको उल्लेख गर्दै यो भेट नै अन्तिम नहोस् भन्ने कामना गरे । आयोजक सेफिल्ड ग्रुपका प्रोफेसर एस.के.मार्कोसले कम विकसित राष्ट्रका रेडियोलोजिष्टहरुलाई विश्वमा रेडियोलोजीमा भएको पछिल्लो नयाँ विकास एवं अनुसन्धान सम्बन्धीको ज्ञान र सीप आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन प्रत्येक दुई बर्षमा आयोजना गरिर्दै आएको बताए । उनका अनुसार २० बर्षअघिदेखि अफ्रिका र एसियाका कम विकसित राष्ट्रलाई छनौट गरेर यो सम्मेलन हुदै आएको छ । तीन दिने सम्मेलनमा रेडियोलोजीका नयाँ डायग्नोसिसका बारेमा अपडेड गराउनको निम्ति फिल्म रिडिङ सेसन, गेष्ट लेक्चर, केस रिभ्यु सेसन, साइन्टिफिक पेपर प्रेजेन्टेशन तथा लाइभ डेमोन्स्ट्रेशनजस्ता कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे