लागुऔषध खान पैसा खोस्नेक्रममा हत्या


धरान । बिहिबार राती धारिलो हतियार प्रयोग गरि हत्या गरिएका २३ बर्षीय भिषु मगरको हत्यामा संलग्न ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान १९ का १८ बर्षीय प्रसिद्ध लिम्बू, धरान ८ का १८ बर्षीय विनोद तामाङ, धरान ८ का सुजन तामाङ र धरान १९ का १८ बर्षीय श्रीहाङ्ग लिम्बू रहेका छन् ।
घटना भएको २४ घण्टाभित्रै अभियुक्तहरुलाई लुकेर बसेको धरानभित्रकै विभिन्न ठाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनामा एक दर्जन युवाहरु संलग्न रहेको र अन्य फरारको पनि खोजी तीब्र पारिएको डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिए । ‘घटनामा संलग्न अरुको पनि नाम खुलिसकेको छ, उनीहरुलाई पनि खोजी तिब्र पारिरहेका छौं’–पत्रकार सम्मेलन गर्दै डिएसपी सिजापतिले भने ।
प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्ताहरुको दुई समुहबीच पैसा खोसाखोस गर्नेक्रममा झगडाले उग्ररुप लिदा भिषुको हत्या हुनपुगेको हो । एउटा समुहसँग लागुऔषध सेवन गर्न पैसा नहुदा अर्को समुहबाट पैसा खोस्ने र सेवन गर्ने गरिरहेको प्रहरीको भनाई छ । घटनाको समयमा पनि अभियुक्तहरुको समुहसँग पैसा नभएपछि भिषुसँग भएको पैसा खोस्ने क्रममा लखेटेको र उनको हत्या गरेको डिएसपी सिजापतिले बताए । ‘लागुऔषधकर्ताको दुई ग्रुपबीच पैसा लुटेर खाने नियतले झगडा भएको र कर्तव्य गरेको खुलेको छ । पहिला पनि यसरी नै पैसा लुटेर लगेकोले दुई समुहबीच पुरानो रिसइबी पनि थिएछ’–डिएसपी सिजापतिले भने ।
पक्राउ परेको अभियुक्तहरुलाई सार्वजनिक गर्दै प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी, लाठी पनि सार्वजनिक गरेको थियो । राती हत्या हुनुअघि बिहिबार बिहान ११ बजेदेखि २ बजेको बीचमा पनि दुवै युवा समुहबीच पैसाको बिषयमा झगडा भएको र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्दा घटना साम्य भइसकेकोले त्यति बेला कोही पनि पक्राउ भने परेनन् । त्यही घटना बढेर राती पुनः दुवै समुहबीच झगडा भएर भिषुलाई हत्या गरिएको थियो । उनको जुनियर पायनियर स्कुल नजिकै हत्या भएको थियो । पक्राउ परेका चार जना यसअघि पनि सार्वजनिक अपराधको मुद्दामा कारबाही भोगिसकेको प्रहरी निरीक्षक मिलन भटराईले बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे