सृर्जनात्मक काममा युवा सञ्जाल(फोटोफिचर)
धरान । सरस्वती बालआश्रम हुदै प्रसिद्ध पिण्डेश्वर मन्दिर जाने बाटो धरान ३ स्थित हृदयेन्द्र टोल(बाबाधाम मार्ग)मा एउटा टहरामा युवायुवतीको समुह भेटिन्छ । जहाँ युवतीहरु अन्य युवतीको हातलाई मेहन्दीले सजाउदै गरेका हुन्छन् भने कोही श्रृंगार र सजावटका सामान बनाउदै वा नर्सरीको फुल बिक्री गरिरहेका हुन्छन् ।
त्यही समुहको एक सदस्य हुन्, सावित्री न्यौपाने । जसको दिनचर्या साउन महिना लागेदेखि नै अरुको हातमा मेहन्दी लगाइदिने, पोते र पाउजु बनाउने काममा बितिरहेको छ । हुन त साउनमा युवतीहरुले हातमा मेहन्दी लगाउदै गरेको भेटिनु अनौठो होइन । अझ धराने युवतीहरुमाझ हरियो चुरा र मेहन्दी लगाउने फेशन नै छ । तर, सावित्री र उनका युवा साथीहरुको उद्देश्य मात्र फेशन वा आम्दानीसँग जोडिएको छैन । युवाहरुआवद्ध ‘युवा सञ्जाल सकरात्मक परिवर्तनको लागि’ संस्थाको भवन निर्माण गर्न उनीहरु यसरी दिनरात खटिएका हुन् । ‘युवा सञ्जालको भवन बनाउन सहयोग जुटाउने हाम्रो उद्देश्य हो, बोलबाममा आउने भक्तजनहरुलाई त्यतिकै सहयोग माग्नुभन्दा केही दिएर सहयोग लिनुपर्छ भनेर यसो गरेका हौं’–न्यौपानेले भनिन् ।
युवाहरुले २ बर्षअघि नै नगरपालिकाबाट २ स्टेपको भवन बनाउन डिजाइन स्टिमेट गराएको थियो । बजेट अभाव भएपछि युवाहरुले सहयोग जुटाउने नयाँ उपाय सुझाए । उनीहरुले गएको बर्ष पनि साउनमा बोलबम आउने भक्तजनहरुलाई खाजा बनाएर बिक्री गरे । यसपाली भने साउनको चुरा, पोते, मेहन्दी जस्ता श्रृंगारको आर्कषणलाई उनीहरुले सहयोग जुटाउने माध्यम बनाए । युवाहरु चुरा, पोतेको पाउजु,कपाल बान्ने रबर, चिम्टी, सजावटको फुल आफै बनाएर बिक्री गर्छन् । जसको मुल्य न्युनतम २० देखि सय रुपैयासम्म छ । यस्तै, मेहन्दी लगाइदिएवापत पनि ५० रुपैयादेखि २०० रुपैयासम्म लिन्छन् । यो काममा सावित्रा न्यौपानेसँगै देवी परियार, दामन राई, सलिना राई, राधा प्रधानलगायत खटिएका छन् ।
सञ्जालकी पूर्वअध्यक्ष विश्वकला राई स्वादिलो चटपटे बनाएर ग्राहकलाई बेच्छिन् । अन्य युवाहरुले पनि उतिकै सक्रियपुर्वक सघाउछन् । स्वयमसेवी भावना कतिसम्म छ भने हाल तेह्रथुममा जागिरे सञ्जालका पूर्वकोषाध्यक्ष पुष्पबहादुर अधिकारी तीन दिन काम सघाउन आएका थिए । युवाहरु आफैले नर्सरी बनाएका छन्, त्यहीको फुल ल्याएर बिक्रीमा राखेका छन् । युवाहरु सोचबाट प्रभावित भएर समुदायले पनि धेरै सहयोग र हौसला मिलेको सञ्जाल सदस्यहरुको भनाई छ । समुह समुहमा मेहन्दी लगाउन, चुरा पोते, पाउजु खरीद गर्न आइरहेका छन् ।
सञ्जाल सुकुम्बासी वस्तीका सक्रिय युवाहरुको सञ्जाल हो । सञ्जालको एक कोठे भवन भएपनि वैठक बस्न, कार्यक्रम गर्न ज्यादै साघुरो भएपछि युवाहरु सुविधायुक्त भवन बनाउन कस्सिएका हुन् । समुदायको सहयोगमा ०६३ सालमा बनेको त्यही एक कोठे भवनमा अहिले युवाहरुले पुस्तकाल र कम्प्युटर कक्ष पनि छ । भवनसँगै जोडिएको खाली जग्गामा नयाँ भवन बनाएर युवाहरुको सुचना केन्द्रकोरुपमा विकास गर्ने युवाहरुको लक्ष्य छ । ‘युवाहरुको बारेमा र सुकुम्बासी बस्तीबारे सम्पुर्ण जानकारी दिने सुचना केन्द्र बनाउने सोच छ’–सञ्जालका अध्यक्ष प्रकाश कार्कीले भने–‘दुई स्टेपको भवन हुनेछ, तल्लो स्टेपमा लाइब्रेरी र कम्प्युटर कक्ष रहन्छ । माथिल्लो तलामा तालिम हल हुन्छ ।’ स्वयमसेवीरुपमा खटिएका युवाहरुले मासिक ५० रुपैया संकलन पनि गर्छन् । अन्यलाई स्वेच्छिक भएपनि कार्यसमितिका ९ जनाले भने अनिवार्यरुपमा बुझाउनुपर्छ ।
सञ्जालले शुरुमा समुदायमा सचेतनामुलक कार्यक्रम गथ्र्यो । बालबालिका र बाल क्लबहरुलाई सहयोग गथ्र्यो । अचेल बालअधिकार, युवाको व्यक्तित्व एवं सकरात्मक सोचको विकासमा केन्द्रीत भएर सञ्जाल समुदायमा सक्रिय छ । सञ्जालको साघुरो कोठामा स्थापना भएको पुस्तकालयको पनि प्रसंग रोचक छ । कार्यालयमा त्यतिकै बस्नुभन्दा पुस्तक पढेर समय कटाउन भन्दै एक दुई जनाले पुस्तक ल्याउन शुरु गरे । त्यसपछि जन्मदिनमा पार्टी गरेर अनावश्यक खर्च गर्नुभन्दा पुस्तक दिने चलन शुरु भयो । अन्ततः ज जस्को जन्मदिन आउछ, सबैले संस्थालाई नै पुस्तक दिन थालेपछि पुस्तकालयको अवधारणा अघि बढ्यो । ‘सञ्जालको साथीभाई मात्रै होइन, अरुले पनि जन्म दिनमा पुस्तक ल्याएर दिनथाले । एक जनाले १९ वटासम्म पुस्तक दिनुभएको छ’–सञ्जालका सचिव जीत श्रेष्ठले भने ।

Comments
Post a Comment