मोटरसाइकलबाटै सिक्री लुट्ने पक्राउ


धरान । गुडिरहेको मोटरसाइकलबाटै सडकमा हिडिरहेकी महिलाहरुको सिक्री लुटेर फरार एक युवालाई प्रहरीले पक्राउ गरेको छ । लुटेराले दुई दिनमा तीन महिलालाई धरानको विभिन्न चोकबाट लुटेका थिए । लुटेराले धरान ११ स्थित सिंहदेवी रोडमा सविना राईलाई लुटेको थियो । त्यसपछि, सैनिक भवनलाइन र मुनामदन पथबाट पनि दृष्टि लिम्बू र रोजिना लिम्बू त्यसै गरि लुटिइन् । दुई दिनमा तीन जना महिलाको सिक्री लुटिएको घटनाले प्रहरी गम्भीर भयो र खोजतलासमा लाग्यो ।
तीन वटै घटनाको प्रकृत्ति एकै किसिमको थियो । अन्ततः अनुसन्धानमा जुटेको प्रहरीले एउटा यस्तो ‘क्लु’ फेला पार्यो, जसले लुटेरालाई प्रहरी हिरासतमा पुर्यायो । डिएसपी सुदमकुमार सिजापतिका अनुसार फेसबुकमा राख्नको लागि मोवाइलबाट कसैले तस्बिर लिएको रहेछ, ती व्यक्ति तिनै लुटेरा थिए । लुटपाटमा प्रयोग हुने मोटरसाइकल र कपडा हुबहु मिलेपछि प्रहरीले शुक्रबार धरान १७ स्थित रेटिङ्गबाट पक्राउ गर्न सफल भयो । श्रृर्खलावद्ध लुटपाट गर्ने धरान १७ का २५ बर्षीय योगेन वर्देवा थिए । प्रहरीले उनका शरीर तलासी गर्दा लुटेर लगेको ३ थान सुनको सिक्री पनि प्रहरीले वरामद गर्यो । उनको को १२ प ५५५७ नम्बरको मोटरसाइकल पनि प्रहरीले पक्राउ गरेको छ ।
‘मोटरसाइकलबाट श्रृंखलावद्ध चोरी भएको रिपोर्ट आएपछि हामी गम्भीर भएर खोजतलासमा लाग्यौं, त्यसैक्रममा एक जनाले फोटो खिचेका रहेछ, त्यो पत्ता लगायौं र पक्राउ गर्न पनि सफल भयांै’–डिएसपी सिजापतिले भने–‘यसको अरु सहयोगी पनि हुनसक्छ, त्यसबारेमा थप अनुसन्धान गरिरहेका छौं ।’ यसअघि पनि धरानमा मोटरसाइकलबाटै सिक्री लुटेर फरार हुने गरेको घटनाहरु भएको थियो । तर, घटनामा संलग्न पक्राउ परेको थिएन । मौका हेरेर गुडिरहेको मोटरसाइकलबाट सिक्री थुतेर भाग्ने गरेका थिए । पक्राउ परेका वर्देवालाई जर्बजस्ती चोरीमा मुद्दा दर्ता गरि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको डिएसपी सिजापतिले बताए ।

गाउँमा आतंक मच्चाउने पक्राउ

धारिलो हतियार बोकेर धरान २७ विष्णुपादुकास्थित धारापानीमा आतंक मच्चाउने ७ जना युवाहरुलाई धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान २२ का भिम बिक, सन्तोष तामाङ्ग, सुरज बिक, महेश परियार, ललित परियार, रमेश परियार र राज परियार छन् ।
उनीहरुलाई बिहिबार साँझ ५ बजे विष्णुपादुकाबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट २ थान तरवार पनि वरामद भएको डिएसपी सिजापतिले जानकारी दिए । उनका अनुसार ती युवाहरु अघिल्लो दिन पनि त्यहाँ गएर हो हल्ला गरेका थिए । स्थानीयले हप्काए पनि भोलीपल्ट हतियार लिएर युवाहरु गाउँ गएका थिए । स्थानीयले खबर गरेपछि तत्काल प्रहरी पुग्दा अप्रिय घटना भने हुन पाएन । उनीहरुलाई केही सार्वजनिक अपराधअन्र्तगत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले धरान १६ का २७ बर्षीय भेषणकुमार राईलाई लागुऔषधसहित पक्राउ गरेको छ । शुक्रबार साँझ ६ बजे भानुचोकबाट समातिएका राईबाट लोवेजैसिक १७ एम्पुल, डाइजेलाव १७ एम्पुल र एभिल १७ एम्पुल वरामद गरेको प्रहरीले जनाएको छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे