बीपीमा डिजिटल एक्स रे मेशिन


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डिजिटल एक्स रे मेशिन सञ्चालनमा आएको छ । सर्वसाधारण विरामीहरुलाई छिटोछरितो सेवा दिलाउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई यो मेशिन उपलब्ध गराएको हो । रेडियोलोजी विभागअन्र्तगत रहने उक्त मेशिनको शनिबार स्वास्थ्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका थिए ।
मन्त्री अधिकारीका अनुसार मेशिन करिब पाँच करोड रुपैयाको हो । सर्वसाधारणलाई छिटो सेवा पुगोस् भनेर नै मेशिन प्रतिष्ठानलाई उपलब्ध गराएको मन्त्री अधिकारीले बताए । ‘बीपी पूर्वको ट्रसरी लेभलको केन्द्र हो, यहाँ नयाँ प्रविधि थपिदा विरामीहरुलाई नै छिटोछरितो सेवा पुग्छ । त्यसैले मन्त्रालयले डिजिटल मेशिन स्थापना गरेको हो’–मन्त्री अधिकारीले भने । बीपी प्रतिष्ठानको सेवा तथा स्तरोन्नतिमा मन्त्रालयले वेवास्ता नगरेको पनि मन्त्री अधिकारीले प्रष्ट पारे । प्रतिष्ठान पूर्वका विभिन्न सरकारी र निजी अस्पतालबाट रिफर भइआउने स्वास्थ्य संस्था हो । ओपिडीमा मात्रै दैनिक दुई हजार बढीको संख्यामा विरामीहरु उपचार गराउछन् भने यहाँ दैनिक अढाई सयदेखि साढे तीन सयको हाराहारीमा एक्स रे गराउछन् ।
रेडियोलोजी विभागका अनुसार यहाँ सि.आर.प्रविधिबाट अहिलेसम्म एक्स रे हुदै आएको थियो । यो प्रविधिमा एक्स रे गर्न हरेक पटक क्यासेट लगाउनुपर्छ र त्यसलाई झिकेर रिडरमा लैजानुपर्छ । तर, अब डिजिटल प्रविधिमा यी सबै गरिरहनु नपर्ने विभागका प्रमुख डाक्टर आर के रौनियारले बताए । ‘डिजिटलमा त्यही पर्मानेन्ट क्यासेट हुन्छ र त्यसलाई बोकेर कम्प्युटरमा रिड गर्न लगिरहनु पदैन, कम्प्युटरमा सिधै आउछ’–रौनियारले भने–‘छिटोछरितो काम हुन्छ, गुणस्तर पनि बढ्छ ।’ डिजिटल प्रविधिको एक्स रेमा अब मसिनो कुरा पनि देख्न सकिने उनले बताए । यो प्रविधि पूर्वाञ्चलकै पहिलो भएको उनले दाबी गरे ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे