‘धर्मनिरपेक्षले हिन्दु धर्ममाथि आँच पुग्दैन’


धरान । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले राष्ट्र धर्मनिरपेक्ष रहदा हिन्दु धर्ममाथि आँच नपुग्ने बताएका छन् । पार्टीको कार्यक्रममा धरान आइपुगेका नेता राईले बिहिबार आयोजित पत्रकार सम्मेलनमा राज्यको कुनै धर्म नहुने भएकोले धर्मनिरपेक्ष हुनुपर्ने धारणा राखे ।
दलका नेताहरुमा सही कुरालाई दृढताका साथ व्याख्या गर्न नसक्ने प्रवृत्ति भएकोले जता हावा वहन्छ, त्यतै ढल्कने चरित्र धर्मको सन्दर्भमा पनि देखाइरहेको नेता राईले आरोप लगाए । ‘राज्यको धर्म हुदैन, सबै समान हुन्छ र हुनुपर्छ । धर्मनिरपेक्ष राज्य हुदैमा हिन्दु धर्ममाथि कुनै आँच आउदैन’–नेता राईले भने–‘तर, अहिले धर्मनिरपेक्षको बिषयमा नेताहरुको खुट्टा लरवराएको छ । जायज कुरालाई दृढताका साथ व्याख्या गर्न नसक्ने नेताको प्रवृत्ति यहाँ पनि देखियो ।’
राज्य धर्मनिरपेक्ष र व्यक्तिलाई धार्मिक स्वतन्त्रता हुनुपर्ने नेता राईको भनाई थियो । कुनै व्यक्तिलाई धर्म मान्ने कि नमान्ने वा कुन धर्म मान्ने भन्ने हक हुनुपर्ने उनको धारणा थियो । मुलुक हिन्दु राज्य मात्र भन्न थालियो भने एक्कासइसौं सताब्दीको समानता, समान अधिकारको नारालाई अवरोध पुग्ने पनि राईले बताए । ‘बरु धर्मनिरपेक्षलाई स्वीकार गर्दा हिन्दु धर्मावलम्बीहरुको महानता हुन्छ, राज्यनको नजरमा सबै धर्म समान हुन्छ’–उनले भने । साधु सन्त र मठमन्दिरको हिसाबले सबैभन्दा धेरै भएको छिमेकी मुलुक भारत पनि हिुन्दु राष्ट्र नभनिएको नेता राईले बताए । नेपाल बहुभाषी, बहुजाती, धर्म र सँस्कृति मिलेर बसेकोले पनि धर्मनिरपेक्ष हुनु नै उत्तम हुने उनले बताए ।
अर्को एक प्रसंगमा नेता राईले फास्ट ट्रयाकमा संविधान हुनुपर्छ भन्नेमा ठुला दलका नेताहरुको निजी स्वार्थ गासिएको बताए । ‘छिटो संविधान ल्याएर कसैलाई चाडै प्रधानमन्त्री हुनुछ, कसैलाई म प्रधानमन्त्री हुदा संविधान ल्याए भन्नु छ । निजी स्वार्थलाई मात्रै केन्द्रमा राखिएको मस्यौदा ल्याइएको हो’–नेता राईले भने–‘जनताले २ महिना छलफल गर्न पाउनुपथ्र्यो तर २ दिन मात्रै गरियो ।’ वृह्त्तर मोर्चा बनाएर संविधानको प्राम्भिक मस्यौदाको विरोध अभियान गर्ने कसरतमा आफ्नो पार्टी रहेको पनि राईले खुलाए । संघीय लिम्बुवान पार्टीसँग छलफल भएर सहकार्य गर्ने निष्कर्ष भइसकेको र अहिले अवधारणा तयार भइरहेको पनि उनले बताए । चाडै जनमुक्ति पार्टीसँग पनि वार्ता गरेर वृहत मोर्चावन्दी गर्ने योजना उनले खुलाए । ‘संविधान जनताको आकांक्षा बोकेर नआउने प्रवल सम्भावना छ । महिला, जनजाति, दलितको हितविरुद्धमा कयौं संवेदनशील बिषय बोकेर आएकोले मस्यौदा कतै च्यातियो, कतै जलाइयो’–उनले भने–‘पुरानो पञ्चायतको जस्तो एकात्मक न्याय प्रणाली छ । प्रदेश पनि पञ्चायतको जस्तो छ, सबै अधिकार केन्द्र(संघ)लाई केन्द्रीत गरेर ल्याइएको छ । प्रदेशलाई अधिकार नै छैन ।’
.....................

                              खत्वेको अध्यक्षतामा जिल्ला कमिटि


संघीय समाजवादी फोरम सुनसरी जिल्ला समिति भगीराज खत्वेको अध्यक्षतामा ९१ सदस्यीय गठन भएको छ । संघीय समाजवादी, मधेशी जनाधिकार फोरम र खस समावेशी राष्ट्रीय पार्टी एकीकरण भएपछि गठित जिल्ला समितिको नेतृत्व फोरमको भागमा परेको हो । एकीकरण गरिदा फोरमबाट अध्यक्ष, सहसचिव पदसहित ३४ जना समेटिएका छन् भने संघीय समाजवादीबाट वरिष्ठ उपाध्यक्ष, सचिव पदसहित ३३ जना समेटिएका छन् । यस्तै, खस समावेशीबाट उपाध्यक्ष र कोषाध्यक्ष पदसहित २३ जना समेटिएका छन् । पार्टीको वरिष्ठ उपाध्यक्षमा पारस काङमाङ, सचिवमा ताजुब लिम्बु, सहसचिवमा गुलाव शर्मा र कोषाध्यक्षमा सरोज बस्नेत छन् । बाँकी सब सदस्य छन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे