पूर्वाञ्चल स्टार ३ का टप १० प्रतियोगीको छनौट

धरान । युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान नारा दिएर आयोजना भइरहेको पूर्वाञ्चल स्टार ३ गायन प्रतियोगितामा उत्कृष्ट दश प्रतियोगी छनौट भएका छन् । प्रतियोगिताको बिहिबार धरान ९ स्थित सुनसरी गित गजल तथा लोक दोहोरी साँझमा सम्पन्न पाँचौ चरणको अडिशनबाट फाइनलिष्ट छनौट भएका हुन् ।
पाँचौं चरणको अडिशनमा १५ जना प्रतियोगीहरु सहभागी थिए । फाइनल चरणको लागि छनौट भएकाहरुमा भोजपुरका ३ जना विकास राई, सृर्जना तामाङ र रुपेश राई छन् भने खोटङबाट दिपेश पायल राई, संखुवासभाका सविना गुरुङ र उदयपरका अशोक राई छनौट भएका छन्  यसैगरि, झापाका ठाकुरमान योगी, पाँचथरका जीवन बस्नेत, सुनसरीका महेन्द्र राई र अमृत राई छन् । अडिशनमा स्वर संगम संगीत विद्यालय विराटनगरका संस्थापक एवं संगीत प्रशिक्षक कुशेश्वर राई निर्णायक थिए ।
प्रतियोगिताको फाइनल आगामी कार्तिक १४ गते शनिबार धरान ८ स्थित सभा हलमा हुने कार्यक्रमका संयोजक एवं गायक भक्तिराज राईले जानकारी दिए । फाइनलमा प्रतियोगीहरुले एक एक गीत प्रस्तुत गर्नेछन् । प्रतियोगिताको विजेताले नगद ५० हजार, २ वटा गीत रेकर्ड र एउटा म्युजिक भिडियो बनाउने अवसर पाउनेछन् भने एक बर्ष निःशुल्क संगीत सिक्ने अवसर पाउनेछन् । यसैगरि, दोस्रो हुने प्रतियोगीले नगद २५ हजारसँगै एउटा गीत रेकर्ड र छ महिना निःशुल्क संगीत सिक्ने अवसर पाउनेछन् । तेस्रो हुनेले नगद १५ हजार र एउटा गीत रेकर्ड गराउन पाउनेछन् भने तीन महिना निःशुल्क संगीत सिक्न पाउनेछन् ।
यसैगरि, प्रतियोगितामा वेष्ट भोकल, वेष्ट पर्सनालिटी, वेष्ट पर्फमेन्स, वेष्ट पब्लिक च्वाइस, वेष्ट डिसिप्लिनको अवार्ड पनि दिइने आयोजकले जनाएको छ । लुकेर रहेका गायन प्रतिभाहरुलाई उजागर गर्ने र अवसर दिने उद्देश्यले पूर्वाञ्चल बागिना कला केन्द्र धरानले प्रतियोगिता आयोजना गरेको हो । केन्द्र विगत तीन बर्षदेखि हरेक बर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ । तेस्रो सँस्करणको अडिशन गत माघ २३ गतेबाट विभिन्न १२ जिल्लामा भएको थियो । जसमा ११ सय भन्दा बढीले अडिशनमा सहभागिता जनाएको संयोजक राईले बताए । पूर्वाञ्चल स्टारको पहिलो सँस्करणमा तेह्रथुमका संगम चोङवाङ लिम्बू विजेता भएको थिए भने दोस्रो सँस्करणमा ताप्लेजुङकी प्रतिभा प्रकृति थलङ लिम्बू विजेता भएकी थिइन् ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे