‘सफारी वक’ गर्दै सिम्सुवा झरना पुग्ने नयाँ रुट
धरान । भेडेटार पुगेका पर्यटकहरुको पछिल्लो समय रोजाईको गन्तव्य बन्यो, भेडेटारबाट ९ किलोमिटर दुरीको सिम्सुवा(नमस्ते) झरना । कोशी राजमार्गको धरान–धनकुटे सडकखण्डको अम्बोटे(नमस्ते मोड) पुगेपछि करिब पर्यटकहरु १५ मिनेट पैदल हिड्नुपर्छ ।
राजमार्ग छोडेपछिको त्यही १५ मिनेट पदयात्रा पर्यटकहरुको लागि कष्टकर थियो । निक्कै साघुरो र भीरको अफ्ठेरो बाटो हुदै सिम्सुवा खोला तरेर पुनः चट्टानमा सम्हालिदै उकालिनुपथ्र्यो । दुई ठाउँमा त बाँसको भर्याङबाट चढ्नुपथ्र्यो । बर्षा लागेपछि त्यही बासको भर्याङ पनि खोलाले बगाउथ्यो । ‘एडभेञ्चर पदयात्रा’ मन पराउने पर्यटकलाई त ठिकै हुदो हो, प्रकृत्तिसँग रमाउने मुडमा पुगेकाहरुलाई भने निक्कै दःख हुन्थ्यो । खासगरि तराईका र भारतीय महिला पर्यटक, बालबालिकाहरु त्यसरी हिड्न डराउथे । तर, अब भने झरना पुग्न पर्यटकहरुले विगतमा झै सास्ती भोग्नु पर्नेछैन ।
पर्यटकहरुलाई झरनासम्म पुग्न सहज होस् भनेर रेलिङसहितको पक्की बाटो बनिदैछ भने झरनासम्म पुग्न ६० मिटर तल पुल निर्माण हुदैछ । पुल बनेपछि झरना पुग्ने बाटो फेरिनेछ । पर्यटकहरु सफारी वक(जंगल यात्रा)मा रमाउदै सजिलै झरनासम्म पुग्नेछन् । पहिला बाँसको भर्याङ भएको स्थानमा फलामे भर्याङ बनिसकेको छ । पर्यटकहरुलाई झरनासम्म आउ जाउ गर्न सजिलो बनाउन बाटो, पुल, भर्याङलगायत सुविधायुक्त संरचनाहरु निर्माण भइरहेको सिम्सुवा नमस्ने झरना सरसफाई व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार लिम्बुले बताए । ‘पुल बनेपछि झरना पुग्ने बाटो फेरिन्छ, जंगल सफारी गर्दै चेञ्जिङ रुम पुगेर फेरि खोला हुदै झरना पुगिन्छ । खोलामा पनि फलामे भर्ङ बनाइसकेकोले सजिलो छ’–अध्यक्ष लिम्बूले भने । उनका अनुसार दुई साताभित्र पुल निर्माण कार्य सकिनेछ र नयाँ रुटबाट पर्यटकलाई झरना पुग्न खुला हुनेछ । साहसिक यात्रा गर्न रुचाउनेको लागि भने पुरानो बाटो खुला नै रहने समितिले जनाएको छ ।

झरनामा क्यानोनिङ र जिप लाइन

प्रालिका अनुसार झरनाको माथिबाट डोरीमा झुण्डेर पानीमा रुझ्दै तल झर्ने साहसिक खेल हो क्यानोनिङ । यस्तै, एक रुखदेखि अर्को रुखमा बाँधिएको डोरीमा हिड्ने खेल हो जीप लाइन । तीन हजार प्याकेजमा धरानबाट यातायात, खानासहितको व्यवस्था इच्छुक पर्यटकहरुलाई यी खेल सुविधा उपलब्ध हुनेछ । क्यानोनिङको लागि सिम्सुवा नमस्ने झरना सरसफाई व्यवस्थापन समितिले चेञ्जिङ रुमदेखि झरनाको शिर(टुप्पा)सम्म पुग्न बाटो बनाइदिएको छ । रुमदेखि ५९० मिटर जति हिडेर झरनाको शिर पुगिने समितिका अध्यक्ष लिम्बूले बताए । क्यानोनिङ शुरु भएपछि पर्यटकहरुको सख्या झनै थपिने उनले आशा जनाए ।
Comments
Post a Comment