बजेट सदुपयोग भएको सभासद राईको दाबी

धरान । सभासदले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगत पाउने बजेट जथाभावी लगानी भएको भन्दै धेरै टिकाटिप्पणीहरु आइरहदा सुनसरी क्षेत्र नम्बर १ का सभासद कृष्णकुमार राईले भने आफ्नो क्षेत्रमा बजेटको सहीरुपमा सदुपयोग भएको दाबी गरेका छन् ।
नेकपा एमालेबाट दोस्रो संविधानसभा प्रत्यक्षतर्फको निर्वाचन जितेका सभासद राईले आइतबार छनौटमा परेको योजना र आफुले गरेको खर्च(बजेट) करिब डेढ करोडसमेत सार्वजनिक गर्दै लगानी सदुपयोग भएको जिकिर गरे । एमाले क्षेत्र नम्बर १ कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा सभासद राईले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको एक करोड बजेट विभिन्न १० वटा योजनामा खर्च गरेको जानकारी गराए । उनका अनुसार देवी गाउँ जाने सेउती खोलामा पुल निर्माणमा २२ लाख बजेट विनियोजन भएको थियो भने सर्दु, सेउती र सेरा खोला नियन्त्रणमा पनि २२ लाख रुपैया बजेट विनियोजना भएको थियो ।
यस्तै, सिंहदेवी चौकबाट विजयपुर जाने बाटोमा रेलिङमार्ग बनाउन ७ लाख, ज्ञानोदय उमाविलाई ७ लाख, निराजन मार्गलाई ७ लाख, देवी मार्ग सडकलाई ७ लाख, उदय टोलमा ड्रेन निर्माणमा ७ लाख, अमर सेवा समाजलाई बहुउद्देश्यीय कवर्ड हल बनाउन ७ लाख, सैनिक मार्ग(सडक)लाई ७ लाख र दिपेन्द्र माग(सडक) बनाउन ७ लाख रुपैया बजेट निकासा गरेको सभासदले जनाएका छन् । यसैगरि, निर्वाचन क्षेत्र विकास कार्यक्रमको थप १५ लाख रुपैया पनि विभिन्न एक दर्जन योजनाहरुमा खर्च गरेको सभासद राईले बताए ।
यसबाहेक आफ्नो पहलबाट प्राप्त भएको थप ४१ लख ६६ हजार रुपैया पनि तिनढ्वाङे भौडी बाढी पहिरो नियन्त्रण, सेउती नियन्त्रण, सर्दु नियन्त्रण, डुम्रे शिखरबास सडक निर्माण लगायत योजनामा खर्च भएको पनि सभासद राईको भनाई छ । सभासद राईका अनुसार एक निर्वाचन क्षेत्र एक सडक(बहुबर्षे कार्यक्रम)अन्र्तगत धरान पानवारी हुदै केराबारी जाने सडक प्राथमिकतामा परेको छ । आगामी बर्षको लागि छनौट परेको प्रस्तावित योजनामा ल्याडफिल्ड साइट निर्माण, धरान ११ मंगलबारेदेखि सोलिङ हुदै सर्दुसम्मको बाटो, निराजन मार्गको बाँकी काम, धरान २२ को मुलकुलो पुजारी कुलो सुधार विस्तार, हर्दिया खानेपानी सुधार र विस्तार, देवीथान काम्फेक खानेपानी सुधार विस्तार र धरान पानवारी जोड्ने बाटो(महादेव चोक) प्राथमिकतामा परेको पनि बताए ।
‘सभासदहरुले ५ करोड माग गर्दा खाने त हो नि भनेर सबैतिरबाट विरोध भयो, तर यही बजेट मात्रै सही काममा खर्च भएको छ’–सभासद राईले भने–‘जनताको माग र आवश्यकता धेरै छ, न्युन बजेटले गर्दा जनताको माग अनुसार केही गर्न सकेका छैनौं ।’उनले सभासदले पाउने बजेट बढाउनुपर्नेमा पनि जोडदिए । राजनीतिप्रति जनताको वितृष्ण बढ्दै गएकोप्रति चिन्ता जताउदै उनले स्थानीय निकायको निर्वाचन भएमा धेरै समस्याहरु तत्काल हल हुने पनि बताए । एमाले क्षेत्र नम्बर १ का अध्यक्ष इन्द्रबहादुर राईले सभासदमाफर्त आउने बजेटबारे धेरै नकरात्मक कुरा मात्रै हुने गरेकोले सही ठाउँमा पनि लगानी भएको जनतालाई जानकारी दिन पत्रकार सम्मेलन गरेको बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे