महिला सञ्जाल धरानमा नयाँ नेतृत्व


धरान । विभिन्न महिला संघसंगठनहरुको छाता संगठनकोरुपमा रहेको महिला सञ्जाल धरानमा शिला बज्रचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सञ्जालको शनिबार सम्पन्न दोस्रो साधारण सभाले आगामी २ बर्षको लागि बज्रचार्यको अध्यक्षतामा २३ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन भएको हो ।
साधारण सभापले समितिको उपाध्यक्षमा सविता राई, सचिवमा चेतना श्रेङ, सहसचिवमा मञ्जु भण्डारी र कोषाध्यक्षमा सिता मगरलाई पनि सर्वसम्मत चयन गरेको छ । बाँकी सञ्जालमा आवद्ध सम्पुर्ण संस्थाका प्रतिनिधिहरु सदस्य रहनेछन् । सञ्जालमा धरानभित्र महिलाको आर्थिक, सामाजिक विकासमा सक्रिय महिलावादी २३ संघसंस्थाहरु आवद्ध छन् । सञ्जाल ०६६ सालमा श्रमिक महिला दिवस संयुक्तरुपमा मनाउने क्रममा नगरपालिकाको पहलमा गठन भएको थियो । सोही साधारणसभाले सञ्जालको निर्देशिका २०७१ लाई पनि अनुमोदन गरेको छ । सञ्जालको संरक्षक सदस्यमा मिना पुलामी र संस्थापक अध्यक्षमा गंगा वराल हुनेलगायत केही बुँदा पारिमार्जन गरी निर्देशकालाई अनुमोदन गरेको हो ।
महिलाको साझा सवालमा नेतृत्वकारी र समन्वयकारी हुनुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तै, महिलाको कुनै पनि मुद्दा साझा नभई अंश मुद्दा, कुटपिट, लेनदेन, झै झगडालगायत (व्यक्तिगत) मुद्दा भए सञ्जालको नाम जोड्न नपाइने निर्देशिकामा उल्लेख छ । त्यस्तो मुद्दामा सम्बन्धित संस्था आफैले पहल गर्नुपर्ने निर्देशिकामा भनिएको छ । यस्तै, निर्देशिकाले सल्लाहकार समितिको संयोजकमा धरान उपमहानगरपालिकाको कार्यकारी अधिकृत, सदस्यमा समाज कल्याण अधिकृत र अन्य सल्लाहकार थप गर्ने प्रावधान गरेको छ । नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा कम्तीमा ३ वटा उदाहरणीय कार्ययोजना पेश गर्नुपर्ने पनि व्यवस्था गरेको छ । सिमान्तकृत, विपन्न, जातीय छुवाछुत, दलित, आदिबासी जनजाति, एकल महिला, वैदेशिक रोजगारबाट फर्किएका महिलाहरु, अपांग र अन्य महिलाहरुको सामाजिक, आर्थिक, राजनीतिक अवस्थामा परिवर्तन गर्ने सञ्जालको उद्देश्य रहेको हो ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे