संविधानको प्राम्भिक मस्यौदाबारे सुझाव संकलनको क्रममा जे देखियो (फोटोफिचर)


धरान । ऐतिहासिक संविधानसभाबाट प्रस्तुत संविधानको प्रारम्भिक मस्यौदाबारे सुनसरी क्षेत्र नम्बर १ का जनताको राय सुझाव लिन सोमबार धरान ८ स्थित लांघाली वन समुहको सभाहलमा कार्यक्रम राखिएको थियो । संघीय लिम्बुवान पार्टी र संघीय समाजवादी फोरमलगायत असन्तुष्ट दलले सिमांकन र नामांकन विनाको संघीय प्रदेश बनाउने सहमति र संविधानको मस्यौदाको विरोध गर्दै आइरहेको थियो ।
यिनै दलले सुझाव संकलन कार्यक्रम विथोल्न सक्ने पूर्वअनुमान गरेको प्रहरीले कडा सुरक्षा पहरा दिएको थियो । मुख्य गेटमा नै प्रहरीले जाँच गरेर मात्रै प्रवेश गर्न दिन्थे । झण्डै एक घण्टा ढिलो शुरु भएको कार्यक्रममा उद्घोषकले सुनसरी क्षेत्र नम्बर १ का सभासद कृष्णकुमार राईलाई आफ्नो कुरा राख्न बोलाएलगत्तै विरोध शुरु भइहाल्यो । हलको पहिलो पंक्तिमा बसेका लिम्बुवान कार्यकर्ताहरुले कालो झण्डा देखाउदै नाराबाजी गर्दै कार्यक्रम विथोले । लिम्बुवान कार्यकर्ता उग्र हुदै कुर्सी फुटाउन थालेपछि सर्वसाधारणको भागदौड मच्चियो भने प्रहरीले हलभित्रै लाठी चार्ज गरेर विरोधीहरुलाई बाहिर निकालेको थियो ।
विरोधीहरुलाई प्रहरीले बाहिर निकालेपछि फुटेका कुर्सी र थोरै सर्वसाधारण मात्रै रहेपनि सभासद राईले आफ्नो कुरा राख्न थाले । बाहिर विरोध चलिरहदा विस्तारै सर्वसाधारणहरु हलभित्र प्रवेश गरेपनि सुझाव संकलन कार्य सुचारु भयो । सभासद राई पछि सुनसरी क्षेत्र नम्बर २ का सभासद रेवती भण्डारीले संविधानको मस्यौदाको सारसंक्षेपमा प्रस्तुत गरेपछि विभिन्न जातीय संघसंस्था, अधिकारमुखी संस्था र व्यक्तिगतरुपमा पनि सर्वसाधारणहरुले लिखित र मौखिकरुपमा सुझाव दिएका थिए ।
























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे