रगत नपाएका विरामी बचाउदै बीपीका विद्यार्थी

यस्तो बेला उनको लागि एउटै सहारा बनेको छ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरु । प्रतिष्ठानमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको स्टुडेन्टस् ब्लड डोनेशन कमिटिले केही महिनायता आकस्मिकरुपमा उनको छोरालाई रगतको जोहो गरिदिदै आएको छ । ‘उहाँहरुले धेरै सहयोग पुर्याउनु भएको छ, मेरो लागि त ढुंगा खोज्दा देउता मिले जस्तै भएको छ’–शनिबार रगतको पोको बोक्दै पुरीले भने । उनको माइलो छोरा आनन्दलाई एक्युट मायलोसाइटिक ल्युकेनिया नामको ब्लड क्यान्सर छ ।

रगत अभावले विरामीहरु छटपटिन थालेपछि १२ बर्षअघि प्रतिष्ठानमा अध्ययनतर विद्यार्थीहरुले कमिटि गठन गरेका थिए । सन् २००० मा गठत भएको यो कमिटिले बर्षेनी ६ सय बढी पिन्ट रगत विरामीहरुलाई आकस्मिकरुपमा सहयोग गर्दै आएको छ । त्यसबाहेक, यो कमिटिले बर्षेनी २ पटक रक्तदान कार्यक्रम गर्दै आएको अध्यक्ष रोहित कर्णले बताए । ‘एकदमै आवश्यक परेका डेलीभरी, सर्जरी, दुर्घटनामा परेका विरामीलाई फ्रेस चाहिएमा र दुर्लभ रक्त समुहकालाई रगतको खाँचो परेपछि ब्लड बैंकबाट खबर आउछ, अनि सम्बन्धित रक्तसमुहका साथीलाई पठाइदिन्छौं’–अध्यक्ष कर्णले भने ।

......................
५१ पिन्ट रगत संकलन
धरान । सबैको ध्यान संविधासभाको निर्वाचन र मतपरिणाममा केन्द्रीत हुदा भएको रगत अभाव कम गर्न शनिबार बीपी प्रतिष्ठानस्थित विद्यार्थीहरुको ब्लड डोनेशन कमिटि र द आर्ट अफ लिभिङले रक्तदान एवं निःशुल्क ब्लड ग्रुपिङ कार्यक्रम आयोजना गरेको छ ।भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको थियो । रक्तदानमा प्रतिष्ठानको ब्लड बैंक र रेडक्रसको ब्लड बैंकले प्राविधिक सहयोग पुर्याएको ब्लड डोनेशन कमिटिका अध्यक्ष रोहित कर्णले जानकारी दिए ।
(०७० मंसिर ९ को नागरिक दैनिकमा प्रकाशित)
Comments
Post a Comment