चुनावी ब्यस्तताले रक्तदान नहुदा रगतको अभाव

धरानमा आफन्त र चिनेजानेका सबैतिर सम्पर्क गरेपनि रगतको जोहो गर्न सकेनन् । अन्तमा श्रीमान् र छोरी आफैसँग त्यही समुहको रगत रहेछ । दुवैले दिए । एक पिन्ट अझै पुगेन । धन्न, एक जना विरामीको लागि जम्मा गरेको रगत चढाउनु परेनछ, त्यही रगत ती विरामीका आफन्तले दिलमायालाई छोडिदिए । ‘धन्न, एक जना विरामीको रगत उब्रिएको रहेछ, त्यही रगत लिन आएकी हुँ’–दिलमायाकी छोरी जीबनी सुब्बाले भनिन्–‘बाहिरका मान्छेलाई त रगत खोज्न साह्रै गाह्रो हुदो रहेछ ।’

पण्डितका अनुसार रगत अभावबारे सञ्चारमाध्यममा प्रसारण भएपछि दशैं यता ४ पटक रक्तदान कार्यक्रम हुदा केही रगतको जोहो भएको छ । ‘पहिला त दशैं तिहारको बीचमा यसरी रक्तदान हुदैन थियो, तर अझैपनि चुनावसम्म समस्या नै होला जस्तो छ’–उनले भने । पूर्वाञ्चलभरिबाट रिफर भएर आएका विरामीहरुलाई तत्कालै रगत चाहिएमा ब्लड बैंकमा उपलब्ध हुदैन । विरामीका आफन्तजनहरु आफैले रगतको जोहो गरेर जम्मा गरेपछि मात्रै भनेको रगत लैजान पाउछन् ।

प्रतिष्ठानका सर्जरी विभागका प्रमुख डा.सि.एस. अग्रवालका अनुसार रगत अभावले विरामीहरुलाई धेरै समस्या भइरहेपनि अप्रेशन नै रोक्नु परेको भने छैन । केही दिनयता बन्द र हडतालले विरामीको चाप कम भएकोले पनि रगत अभाव हुदाहुदै पनि समस्यामा कमी देखिएको उनको भनाई छ । प्रतिष्ठानमा दैनिक ४० देखि ५० पिन्ट रगतको आपूर्ति हुने गर्छ । त्यसमध्ये आधा त गर्भवती महिलाहरुको लागि खपत हुने गरेको केन्द्रले जनाएको छ । त्यसपछि, शल्यक्रिया र दुर्घटनाका घाइतेहरुलाई रगत बढी खपत हुने गर्छ । प्रायः ए पोजेटिभ र बि पोजेटिभ रगत बढी खपत हुने भएकोले यसैको अभाव पनि बढी हुने गर्छ ।
Comments
Post a Comment