पुरानो बजारमा नो ड्रग्स, एस म्युजिक

 धरान । जनसहभागिता, विकासनिर्माण तथा कलासँस्कृतिले धरानको जति ख्याति छ, त्यसरी नै अधिकतर युवाहरु दुव्र्यसनमा फसेको कारणले वदनाम पनि छ ।
यही वदनामीको दागलाई भेटाउन यहाँका केही यूवाहरु भने गीत,संगीतको माध्यमबाट चेतना जगाउने काममा जुटिरहेका छन् । गीत,संगीतप्रति सबैको मोह हुन्छ । अझ किसोर किसारी र युवाहरु त हुरुक्कै हुन्छन् । यही उमेर समुहका युवायुवतीहरुलाई लक्षित गरेर शनिबार साँझ पनि धरानमा प्रथम पुरानो बजार साँझ सांगीतिक कार्यक्रम भव्यतापुर्वक सम्पन्न भयो ।
‘से नो टु ड्रग्स, एस टु म्युजिक’ भन्ने नारा दिएर आयोजना भएको कार्यक्रम अवधिभर नै उद्घोषक र कलाकारहरुले लागुपदार्थ एवं दुव्र्यसनबाट टाढै रहन युवाहरुलाई आह्वान गरिरहे । साथै, दुव्र्यसनमा फसेकाहरुलाई पनि सकारात्मक व्यवहार गरेर सही मार्गमा हिडाउन सकिने सन्देश पनि बाँडिरहे । ‘लागुऔषध प्रयोगकर्तालाई यातना होइन, चेतना दिऊ’–धरानको चर्चित ब्याण्ड आउटसाइडर्सका मेनेजर एवं उद्घोषक सुदिप यल्मोले भने–‘लागुपर्दाथलाई नाइ भन्नुस, म्युजिकलाई यस भन्नुस् ।’ उनले यसो भनिरहदा हजारौंको भिडमा तालीले गड्गडाहट सर्मथन जुट्थ्यो ।
धरान डट भाइब्स्ले आयोजना गरेको सांगीतिक कार्यक्रममा स्थानीय धिरज एण्ड सौरभ, युनिटी गल्र्स, द ब्लास्फेमी ब्याण्डले शुरुवाती माहौल तताएका थिए । त्यसपछि, युवा पुस्तामाझ चर्चित र्याप ब्याण्ड म्याडजोन स्टेजमा चढेपछि युवायुवतीहरुको भिड थामि नक्सनु भयो । काठमाण्डौंको उक्त ब्याण्डले केटी तिमी कति राम्रो देखेको..,म रोएपनि तिमी हाँसिरहनु..,तिमी हौं मेरो एउटै सहारा..,तिमी नै मेरो मनको रानी..फर्केर आऊ..लगायत चर्चित गीत सुनाए । अन्तमा, स्पेशल धरानको लागि भनेर पानी पर्यो असिना झ्रयो, मलाई तिमी साह्रै नै मन पर्यो.. भन्दै ब्याण्डका तीन युवा कलाकारहरुले गाउदा धराने युवतीहरु मक्खै परेका थिए ।
सांगीतिक कार्यक्रमको अन्तमा स्थानीय ब्याण्ड आउटसाइडर्सले भरपु मनोरञ्जन दिलाएको थियो । ‘से नो टु ड्रग्स, एस टु म्युजिक’ भन्दै स्टेमा पुगेका ब्याण्डका भोकलिष्टद्धय डिल्ली फोम्बो र प्रशान्त शर्माले मलाई उड्न देऊ... बोलको गीतबाट शुरुवात गरे । उनीहरुले पल्ला घरका.., बिर्सि जानेलाई.., मै नाचे छमछमी..लगायत गीतहरु गाएका थिए । आयोजक भाइब्सका सरल उदास(डिजे बाबा)ले युवाहरुलाई लागुऔषधमा फस्नबाट जोगाउन सन्देश दिनको लागि कार्यक्रम आयोजना गरेको बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे