‘योग्य नेता नै छान्नुपर्छ’

मंगलबार संविधानसभा निर्वाचन शान्तिपुर्णरुपमा सम्पन्न भयो । अरुबेला दलीय राजनीतिक गतिविधि र कुराकानीभन्दा आफ्नै काममा ब्यस्त रहने कलाकार र साहित्यकारलगायतलाई पनि यो चुनावमा भोट हाल्ने उत्साह छ । चुनावमा कस्तो नेता छन्नुपर्ला भन्ने बिषयमा केही कलाकार, युवा र साहित्यकारसँग हिजो सोमबार गरेको कुराकानी:


नेहा बजाज, मिस पूर्वाञ्चल २०१३ की विजेता

: म पहिलो पटक भोट हाल्न जादैछुँ, त्यसैले धेरै उत्साहित भइरहेकी छुँ । मतदान कस्तो होला भन्ने कुराले उत्साहित छुँ । मतदान गर्नु नागरिकको अधिकार हो, यसको सही उपयोग गर्नुपर्छ भनेर भोट हाल्न जादैछु । मैले अहिले नै कस्लाई भोट दिने भनेर निर्णय गरिसकेको छैन । बुबाले गाइड गर्नुहुन्छ, पार्टी र उम्मेद्वारको पृष्ठभुमि हेरेर मात्रै भोली भोट दिन्छु । हाम्रो मान्छे भनेर होइन, कस्ले देश र जनताको लागि काम गर्न सक्छ, प्रतिनिधित्व गर्न सक्छ भनेर राम्रो मान्छेलाई भोट दिन्छु ।
...........

एलिसा श्रेष्ठ, फष्ट रनरअप मिस पूर्वाञ्चल २०१३

ः म पनि यसपटक पहिलो पटक नै भोट हाल्न जादैछुँ, कस्तो होला भनेर मनमा उत्साह पनि जागिरहेको छ । जसलाई भोट दिएपनि केही गर्लान् भन्ने आशा छैन । तरपनि, आमाबुबा, साथीभाईसँग सल्लाह गरेर मात्रै भोट हाल्छु, अहिल्यै यही पार्टी र उम्मेद्वारलाई भोट हाल्छुँ भन्ने छैन । यसपटक चाहि संविधान बनाउलान् कि भन्ने झिनो आशा भने छ, जनताले चाहेजस्तो नभएपनि । भोट हाल्नु जनताको अधिकार हो, सबैले भोट हाल्न जानुपर्छ र राम्रो नेता चुन्नुपर्छ ।
....

एपी शेर्पा, गायक

: अहिलेसम्म यो पार्टी वा उम्मेद्वारलाई भोट हाल्छु भनेको छैन । भोली जस्लाई ठिक लाग्छ, उसैलाई भोट दिने हो । पहिला कांग्रेसलाई दिए, ०६४ मा एमाओवादीलाई भोट दिए । यसपाली कस्लाई दिने भनेर भोली नै निर्णय गर्छु । म कुनै पार्टीमा आवद्ध छैन । सोच्दैछ, भोली साथीभाई भेट हुन्छ, को उम्मेद्वार राम्रो होला, जितेर गए कस्ले राम्रो गर्ला भनेर बुझ्छुँ । पार्टी भन्दा पनि रा्रो व्यक्ति हेर्नुपर्छ, धरानको विकास कस्ले गर्न सक्छ भन्ने बुझेर नै भोट हालिन्छ । राजनीतिक दल र नेताहरुलाई संविधान बनाउने यो अन्तिम मौका हो, यसपटक पनि संविधान बनाउन सकेनन् भने भोट लिष्टमा नै नाम टिपाउदिन र पछि भोट पनि दिन्न ।
.......

डिल्ली फोम्बो, भोकलिष्ट, आउटसाइडर्स ब्याण्ड

: भोट हाल्ने वातावरण भयो भने जान्छुँ । जताजतै बम पड्कदैछ, राज्यले सुरक्षा दिन्छ, डर त्रास विनाको अवस्था बन्छ भने अवश्य नै भोट हाल्न जान्छुँ । किनभने, म प्रजातान्त्रिक पद्दतीमा विश्वास गर्ने मान्छे हुँ । मनैदेखि भन्ने हो भने यसपाली भोट हाल्न मन भने छैन । देशको यो अवस्थामा पुर्याउने यही दलका नेताहरु जिम्मेवार हुन् । तरपनि, चुप लागेर बस्ने अवस्था छैन । भोट हाल्ने कुराले म त्यति उत्साहित छैन, तर पनि भोट हाल्न भने जानुपर्छ । देशले निकास पाउला कि, राजनीतिक निकास पाउला कि ? कुनै दल वा उम्मेद्वार हेरेर भोट हाल्ने होइन, उसको एजेण्डा हेर्छु र उसले कतिको काम गर्न सक्छ भन्ने विचार गरेर भोट हाल्छुँ ।
...............

क्वान छाङ, एडमिन वि धराने फेसबुक पेज

: मैले अहिलेसम्म भोट हालेकै छैन । अघिल्लो पटकको संविधानसभाको चुनाव हुँदा म विदेशमा थिएँ । त्यतिबेला मेरो नामबाट अरुले नै भोट हालेछन् । यसपाली पनि त्यसरी नै दुरुपयोग होला भनेर म आफै भोट हाल्न जादैछुँ । देशमा राजनीतिक अस्थिरता छ, चुनाव पछि निकास पाउला कि भन्ने आशा छ । भोट नहाले देशको अवस्था झनै विग्रला कि भन्ने लागेको छ । कसलाई भोट हाल्ने भनेर अहिल्यै निर्णय गरिसकेको छैन, तर पनि राम्रो उम्मेद्वार, जसले युवाहरुको विचार, भावनालाई समेट्न सक्छ, उसको दृष्टिकोणहरु बुझेर भोट हाल्ने हो ।
........

                             डा.टंक न्यौपाने, भाषाविद्

: मतदानको दिन म पर्यवेक्षक भएर हिड्दैछुँ । तरपनि, भोट हाल्न म विजयपुरमा पुग्छुँ । नेताहरु भोट माग्न आएर हैरान पार्छन् होला भनेर भोटलिष्टमा नाम नै छैन भन्दिएको छुँ । कतैबाट दबाब नआओस् भनेर म स्वतन्त्ररुपमा बसेको छुँ । कस्लाई भोट हाल्ने भनेर निक्यौल गरेकै छैन, भोली बुथभित्र पसेपछि मात्रै निर्णय गर्छु र भोट हाल्छुँ ।
यसपाली चुनावमा पहिलाको जस्तो उत्साह देखिरहेको छैन । साना पार्टीहरुले पनि थोरै थोरै भएपनि सिट जित्छन् र फेरि पनि संविधान नबन्ला कि जस्तो अवस्था देख्दैछुँ । चुनावपछि जटिल किसिमको परिस्थिति बन्न सक्छ । भोट नहाल्दा पनि बहिष्कारवादी भन्छन्, मताधिकारको प्रयोग पनि गर्नुपर्छ । एउटा ठुलो शक्तिलाई निर्वाचनको प्रक्रियाबाट बाहिर राखिएको छ, त्यसो गर्न हुदैनथ्यो । तर, पनि चुनावको विकल्प छैन 






। 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे