पत्रकारहरुद्धारा जुलुस, डिएसपीको नेतृत्वमा छानबिन समिति

 धरान । पत्रकार गोपाल देवानलाई लक्षित गरेर गोली प्रहारको घटना अनुसन्धान गर्न प्रहरीले डिएसपीको नेतृत्वमा तीन सदस्यीय छानबीन समिति गठन गरेको छ ।
पत्रकारहरुले घटनाको छानबीन गरि दोषीलाई कडा कारबाही गर्न माग गरेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले धरानका डिएसपी टेकबहादुर तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । घटनाबारे समिति गठन गरेर समितिको सदस्यद्धयमा धरानमा कार्यरत प्रहरी निरीक्षक ओमप्रकाश खनाल र इलाका प्रहरी कार्यालय इटहरीको मुद्दा शाखाका सई चन्द्रबहादुर कार्की छन् । सोमबार बिहान पत्रकार महासंघको नेतृत्वमा पत्रकारहरुको एक टोलीले धरानस्थित कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी यादवराज खनाललाई भेटेर दोषीलाई कारबाही गर्न माग थिए ।
पत्रकारहरुको माग पश्चात एसएसपी खनालले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी डिएसपीको नेतृत्वमा समिति बनाएर घटनाको अनुसन्धान गर्न निर्देशन दिएका हुन् । ‘समिति गठन गरेर आजैदेखि छानबीनको काम थाल्न जिल्लामा पत्राचार गरिसकेको छुँ’–एसएसपी खनालले भने–‘निर्वाचनको संघारमा पत्रकारमाथि भएको यो घटनालाई प्रहरीले ज्यादै गम्भीरतापुर्वक लिएको छ ।’ छानबिन समितिका संयोजक डिएसपी तामाङले जिल्ला प्रहरी कार्यायलबाट पत्र प्राप्त भएकोले सोमबारबाटै घटनाको छानबीन शुरु हुने बताए । छानबीनको क्रममा पीडितको कुरा सुन्ने, घटनास्थलको मिहिनतरिकाले अध्ययन गर्ने, सिसिटिभी फुटेज हेर्नेलगायत विविध पाटाबाट अध्ययन गरिने बताए । ‘फायरिङ एक्सपर्टको सल्लाह लिन्छौं, र सरोकारवालाहरुसँ पनि छलफल गछौं’–संयोजक तामाङले भने ।

                         पत्रकारहरुद्धारा जुलुस र कोणसभा

पत्रकारलाई लक्षित गरेर गोली प्रहर भएको घटनाकोविरोधमा सोमबार बिहान सुनसरीका पत्रकारहरुले धरानमा जुलुस निकाले । धरानबाट प्रकाशित हुने विश्वस्त सुत्र साप्ताहिकका सम्पादक, प्रकाशक गोपाल देवानमाथि आइतबार राती करिब सवा ७ बजेतिर अज्ञान व्यक्तिले कार्यालयमा आएर गोली प्रहार गरेको थियो । धरान १२, चतरालाइनस्थित पत्रकार महासंघ सुनसरीको कार्यालय निस्केको जुलुस भानुचौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले घटना सम्पुर्ण पत्रकार र पत्रकारितामाथिको आक्रमण भएको भन्दै राज्यले दोषीलाई कडा कारबाही गर्न माग गरे । पत्रकारमाथि गोली प्रहार भएको पड्काएर निर्वाचन आफ्नो पक्षमा पार्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै उनले निर्वाचन स्वच्छ, भयरहित हुने कुरामा शंका जन्माएको बताए । ‘सरकारले निर्वाचनको मुखमा सुरक्षा कडा पारेको बताइरहेपनि पत्रकारमाथि नै आक्रमण हुनुले सुरक्षाको अवस्था देखाइसकेको छ’–उनले भने–‘घटनालाई गम्भीरतापूर्वक प्रहरी प्रशासनले छानबीन गरी दोषीलाई कारबाही गरिनुपर्छ र पटक पटक पत्रकारहरु सडकमा उत्रनुपर्ने बाध्यता अन्त्य गरिनुपर्छ ।’ विश्वस्त सुत्रका सम्पादक, प्रकाशक देवानले जनतालाई सुसुचित गर्ने पत्रकार नै असुरक्षित महसुस हुनुपरेको भन्दै घटनामा संलग्नलाई पक्राउ गरेर कडा कारबाही गर्न माग गरे ।
जुलुस र कोणसभापछि पत्रकारहरुले घटनाका दोषीलाई कारबाही र सुरक्षाको माग गर्दै इलाका प्रशासन कार्यालय धरानमार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए । इलाका प्रशासन कार्यालय धरानका प्रमुख दिलबहादुर तामाङले घटनाप्रति दुःख व्यक्त गर्दैै आइतबार रातीदेखि नै कडा सुरक्षा बनाएको र संलग्नहरुको खोजी तीब्र बनाएको बताए । उनले पत्रकारहरुलाई ढुक्क भएर कार्यक्षेत्रमा खट्न पनि आग्रह गरे ।
चतरालाइनस्थित पत्रिकाको कार्यालयमा पत्रकार देवान काम गरिरहेको बेला आइतबार राती करिब सवा ७ बजेतिर गोली प्रहार भएको थियो । ब्लाष्ट टाइम्स दैनिकमा सम्पादकीय टिममासमेत रहेका पत्रकार देवान भने सकुशल छन् । घटनास्थलमा गोलीको खोका नभेटिएकोले तर्साउनको लागि ब्लांक फायर गरेको हुनसक्ने प्रहरीको अनुमान छ । पत्रकार देवानका अनुसार कालो जम्परले टाउको छापेको र मास्क लगाएको अपरिचित युवा एक्कासी आएर गोली पड्काएका थिए । गोली पड्काएपछि बाहिर निस्कदा करिब १० मिटर पर रोकिराखेको कालो पल्सर मोटरसाइकलमा चढेर पश्चिमतर्फ भागेको थियो । मोटरसाइकलको नम्बर प्लेट छोपिएको अवस्थामा थियो ।
यसअघि, कार्तिक १४ गते बिहान पनि एमालेसम्बद्ध युवा संघका जिल्ला सदस्य दिवस राईले संघीय समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष पारस काङमाङ र क्षेत्रीय उपसचिव मदन तामाङमाथि गोली प्रहार भएको थियो । उक्त घटनामा किटानी जाहेरी परेपनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे