नेपाल विश्वकपमा छनौट हुदा धरानमा दिपावली(फोटोफिचर)

धरान । आइसिसि विश्व ट्वान्टी–२० छनौटमा हङकङलाई पराजित गर्दै नेपाल ट्वान्टी–२० विश्वकपमा प्रवेश गरेपछि बुधबार साँझ धरानका युवाहरुले दिपावली गरेर खुशी साँटेका छन् ।
हङकङलाई ५ विवेटले पराजित गरेर अर्को बर्ष वंगलादेशमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान सुरक्षित गरेपछि त्यही खुशीयालीमा धराने युवाहरुले भानुचौकमा साँझ दिपावली गरेका हुन् । स्वतस्फुर्तरुपमा सामाजिक सञ्चाल फेसुबकमा एकअर्काबीच आह्वान तथा सम्पर्क गरेर भेला भएका युवाहरुले नेपाल लेखिएको दिप प्रज्वलन गर्दै खुशी बाँडेका थिए । युवायुवतीहरुले नेपाल..नेपाल..भन्दै नारा पनि लगाए । युवाहरुले खुशी साट्ने क्रममा क्रिक्रेट खेललाई सरकारले पर्याप्त बजेट विनियोजन गर्न मागसमेत गरेका छन् ।
‘नेपालले ट्वान्टी–२० विश्वकप क्रिक्रेट खेल्दैछ, यो सम्पुर्ण नेपालीहरुको लागि गर्वको कुरा हो, त्यसैले नेपाली क्रिक्रेट टिमलाई बधाई र शुभकामना दिदै खुशी मनाउन भेला भएका हौं’–भेलाको पहल गरेका युवा दिपेन्द्र निरौलाले भने–‘क्रिक्रेट खेलमा पाएको सफलताले फेरि एकपटक नेपालीहरुमा राष्टिय एकताको सन्देश दिएको छ ।’ क्रिक्रेट खेलमा एक पछि अर्को सफलता पाइरहेको र विश्वकप खेल्ने टिमलाई पर्याप्त बजेट विनियोजन गर्न पनि उनले माग गरे । ‘नेपाली क्रिक्रेट टिमले विश्वकप खेल्दैछ, यो ऐतिहासिक उपलब्धी हो । सरकारले अब आवश्यक बजेट विनियोजन गरिदिनुपर्छ’–उनले थपे ।
अबुधावीमा बुधबार भएको खेलमा पहिला ब्याटिङ गर्दै हङकङले नेपाल सामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । हङकङले ७ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । रोमाञ्चक खेलमा नेपालका शरद भेषावकरले अन्तिम वलमा १ रन बटुल्दै नेपाललाई खेलमा जित मात्रै दिलाएनन्, आगामी बर्ष बंगलादेशमा हुने आइसिसि ट्वान्टी–२० विश्वकपको यात्रा सुनिश्चित गरे । यो नेपाली क्रिक्रेट खेलमा हालसम्मको ठुलो सफलता एवं उपलब्धी हो । आइसिसि विश्व ट्वान्टी–२० छनौटमा भने नेपालले सेमीफाइनलमा अफगानीस्तानसँग खेल्नेछ ।

                 (०७० मंसिर १३ गतेको नागरिक दैनिकमा प्रकाशित)








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे