पुस्तकालय उद्घाटनमा पूर्वप्रअ र पत्रकारलाई सम्मान
धरान । अभिभावक एवं विभिन्न दाताहरुको सहयोगबाट धरान १७ स्थित श्री निम्म माविमा निर्माण भएको पुस्तकालयको उद्घाटन गरिएको छ । विद्यालयले मंगलबार आयोजना गरेको एक समारोहमा प्रमुख अतिथि एवं भाषाविद् डा.टंक न्यौपानेले पुस्तकालयको उद्घाटन गरेका हुन् ।विद्यालयको तेस्रो तल्लामा निर्माण गरिएको पुस्तकालय समुदाय, अभिभावक एवं शिक्षकहरुको आर्थिक सहयोगबाट निर्माण गरिएको प्रध्यानाध्यापिका निर्मला राईले जानकारी दिइन् । उनका अनुसार ६ लाख २८ हजार ९ सय ३२ रुपैयाको लागतमा पुस्तकालय तयार भएको हो । पुस्तकालय निर्माणको लागि न्युनतम ५ हजार रुपैयादेखि ६० हजारसम्म स्थानीयबाट आर्थिक सहयोग प्राप्त भएको प्रअले बताइन् । ‘विद्यालय र पुस्तकालय निर्माणमा समुदाय, शिक्षक सबैको ज्यादै अतुलनीय योगदान रहेको छ’–प्रअले भनिन्–‘विद्यार्थीहरुको पठनपाठन सहज बनाउन र गुणस्तरी शिक्षा दिलाउन यहाँ ज्ञानवद्र्धक पुस्तकहरु राख्नेछौं ।’
विद्यालय प्रशासनले दिएको जानकारी अनुसार अभिभावक एवं समुदायबाट कुल ५ लाख ५६ हजार ४ सय ५२ रुपैया आर्थिक सहयोग जुटेको थियो । यस्तै, शिक्षक कर्मचारीहरुबाट एक लाख १० हजार २ सय ९२ रुपैया संकलन भएको थियो । विद्यालयले व्यावस्थापन समितिका सल्लाहकार प्रकाश राईको संयोजकत्वमा ५ सदस्यीय पुस्तकालय निर्माण समिति गठन गरेर गत पुषदेखि पुस्तकाल निर्माण कार्य शुरु गरेको थियो । निर्माण कार्य गत असार मसान्तमा सम्पन्न भएको र पुस्तक राख्ने र्याक एवं पुस्तकहरु क्रमशः जुटाउने योजना रहेको समितिका संयोजक राईले बताए । ‘पुस्तकालयमा खासगरि बालबालिकाहरुलाई फाइदा पुग्ने ज्ञानवद्र्धक पुस्तक, बाल साहित्यहरु संकलन गरिनछ’–उनले भने । यो विद्यालयमा हाल समुदायका ३ सय ७५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
....
संस्थापक प्रअ र पत्रकार सम्मानित
धरान १७ स्थित निम्न माध्यमिक विद्यालयले विद्यालयका संस्थपाक पूर्व प्रध्यानाध्यापक टेकबहादुर राई र पत्रकार जनकऋर्षि चाम्लिङलाई सम्मान गरेको छ ।विद्यालयमा मंगलबार आयोजित पुस्तकालय उद्घाटन समारोहमा पूर्वप्रअ राई र पत्रकार चाम्लिङलाई सम्मान गरेको हो । समारोहमा विद्यालयकी प्रअ निर्मला राई र प्रमुख अतिथि एवं भाषाविद् डा.टंक न्यौपानेले सम्मानपत्र सहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
पूर्वप्रअले विद्यालयको संस्थागत विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको विद्यालयले जनाएको छ । यस्तै, विद्यालयका पूर्व विद्यार्थी र पूर्वशिक्षकसमेत रहेका चाम्लिङले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको विद्यालयले जनाएको छ । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नरबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Comments
Post a Comment