सुनसरी क्षेत्र नं १ का सभासद्को प्रोफाइल

वि.सं. २००१ माघ १० गते साङपाङ–२, भोजपुरमा जन्मिएका राईले प्रमाणपत्र तहको अध्ययन धरानमा सकेर स्नातक तहको अध्ययन गर्न २०२० सालतिर राजधानी छिरेका थिए । उनले काठमाडौंको सरस्वती कलेजबाट राजनीतिक शास्त्रमा स्नातक र त्रि.वि.बाट स्नातकोत्तर उत्तीर्ण गरेका छन् । राजनीतिशास्त्रमा स्नातक गरेपछि उनले ०२७ सालदेखि धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा राजनीति शाास्त्रमा प्राध्यापन शुरु गरे । जहाँबाट उनले प्रविणता प्रमाणपत्र तह उर्तीण गरेका थिए ।
२०३० सालमा नयाँ शिक्षा योजना लागु भएपछि प्राध्यापन पेशाबाट राजिनामा दिएका राईले २९ वर्षको उमेरदेखि राजनीतिक यात्रा शुरु गरेका थिए । प्रध्यापनबाट राजिनामा दिएलगत्तै उनी तत्कालीन धरान नगर पञ्चायतको ८ नं. वडा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि उनले दुई पटक नगरको प्रमुख काम गर्ने अवसर पाए । वि.सं २०४३ सालमा राष्टिय पंचायत सदस्य निर्वाचित भएर दुई पटक सम्म सञ्चार तथा स्वास्थ्य सहायक मन्त्रीसमेत भए ।
निष्ठाको राजनीति
२०४६ सालको आन्दोलन पछि राष्टिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यको रुपमा उनी बहुदलीय राजनीतिमा सक्रिय थिए । ०६२/०६३ को दोस्रो जनआन्दोलन पश्चात भने उनी वामपन्थी विचारधाराप्रति आकर्षित हुर्दै नेकपा एमालेमा प्रवेश गरे । उनी हाल नेकपा एमाले कोसी अञ्चल सल्लाहकार समितिको उपाध्यक्षको हैसियतमा छन् । पटक पटक लाभको पदमा रहेपनि आर्थिक र नैतिकरुमा उनी विवादमा फसेका छैनन् । उनी आफुले सधैं निष्ठाको राजनीतिमा विश्वास गरेको वताउछन् । प्राध्यापन पेशाबाट सक्रिय राजनीतिमा होमिएका उनी कार्लमाक्र्स र गान्धीलाई आफ्ना आदर्श मान्छन् । जनताको बहुदलीय जनवाद लोकतन्त्रमा माक्र्सवादको आधुनिक संस्करण भएको उनको धारणा छ । पञ्चायककालमा नै भएपनि उनी दुई पटक मन्त्री भइसकेका कारण एमालेले उनलाई केन्द्रमा पहुँच राख्न सक्ने क्षमता भएको नेताकोरुपमा प्रचार गरेको थियो । उनको जितसँगै देशैभरि एमालेको जित संख्या बढ्र्दै गएकोले सरकार गठनमा उनी मन्त्री हुने र सुनसरी क्षेत्र नं १ को विकास हुनेमा एमाले आशावादी बनेको छ ।
(०७० मंसिर ९ को नागरिक दैनिकमा प्रकाशित)

Comments
Post a Comment