छोरीको जन्मदिन पूर्नस्थापना गृहमा(फोटोफिचर)

धरान ४ का सागर र लक्की शेर्पाले शुक्रबार आफ्नी छोरी देक्किला शेर्पाको प्रथम जन्मोत्सव छाताचोकस्थित पूर्नस्थापना गृहका बालबालिकाहरुसँग मनाए । गृहमा आश्रय लिइरहेका विभिन्न जिल्लाका अशक्त एवं असहाय बालबालिका र वृद्धहरुसँग जन्मदिनको केक काटे । उनीहरुलाई जाडोमा न्यानो बनाउने एक एक जोर कपडा वितरण गरे भने बिहानको एक छाक खाना पनि खुवाए ।
खर्चको सही तरिकाले सदुपयोग गर्ने उद्देश्यले छोरीको जन्मदिन पुर्नस्थापना गृहमा मनाएको बुबा सागर शेर्पाले बताए । ‘छोरीलाई सानैदेखि सामाजिक व्यावहारको छाप बसोस् भन्ने चाहना पनि हो’–उनले भने–‘अनावश्यक खर्च गर्नुभन्दा सही काममा लगानी होस भनेर पनि यसरी जन्मदिन मनाएका हौं ।’ शेर्पा दम्पत्तिले गृहका बालबालिका र वृद्धाहरुको कपडा खरीद गर्न १६ हजार खर्च गरे भने खानामा ५ हजार बढी खर्च गरेका छन् । ‘खर्च ठुलो कुरा होइन, तर कति उपयोगी हुन्छ भन्ने कुरा ठुलो हो । सबैले अनावश्यक खर्च गर्नुभन्दा यस्तै काममा लगानी भए राम्रो हुन्थ्यो’–उनले थपे ।

Comments
Post a Comment