‘एमाले पार्टी छैन, राई राप्रपाका उम्मेद्वार’ :एमाओवादी

धरान । एकीकृत माओवादी सुनसरी क्षेत्र नम्बर १ का उम्मेद्वारहरुले उम्मेद्वार र घरदैलो गरिरहेका कार्यकर्ताहरु देख्दा एमाले पार्टी नै सिद्धिएको टिप्पणी गरेका छन् । सुनसरी क्षेत्र न.१ को अन्तिम चुनावी आमसभालाई शुक्रबार धरानको भानुचौकमा सम्बोधन गर्दै एमाओवादी उम्मेद्वारहरुले एमाले पार्टी नभई चुनावमा पूर्वपञ्च एवं मण्डलेहरुको पार्टी राप्रपाले उम्मेद्वारी दिएको झै देखिएको आरोप लगाए ।
एमाओवादीका केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेद्वार मुक्साहाङ मेन्याङ्बोले एमाले उम्मेद्वारप्रति लक्षित गर्दै भने–‘एमालेका उम्मेद्वार र आसपासका कार्यकर्ताहरु हेर्दा पञ्चायतकालीन मण्डलेहरुको झुण्डमात्रै देखिन्छ, एमाले पार्टी नै छैन, एमाले सिद्धिसक्यो ।’ उनले विघटित संविधानसभामा दुई तिहाई बहुमत नहुदा आफ्नो पार्टीले जनचाहना बमोजिमको संविधान लेख्न नसकेको भन्दै आगामी निर्वाचनमा बहमुत दिलाउन मतदाताहरुसँग आग्रह गरे । ‘कांग्रेस र एमालेले गणतन्त्र, संविधानसभा, संघीयता र पहिचान नचाहेकै हो, उनीहरु ०४७ सालको संविधान ब्युउताउन चाहन्थे’–उम्मेदवार मेन्याङ्बोले भने–‘त्यसैले दोस्रो संविधानसभाको जन्म पनि एमाओवादीले नै गर्यो, उनीहरु बाध्य भएर लतारिदै चुनावमा आउन बाध्य भए ।’
समानुपातिक उम्मेद्वार कमला राईले पनि एमालेबाट जनआन्दोलन दबाउने पूर्वपञ्च चुनावमा उम्मेद्वार रहेको भन्दै एमालेभित्र इमान्दार कम्युनिष्ट नेताहरु नै नभएको दाबी गरिन् । ‘एमालेले जनआन्दोलन दबाउने व्यक्तिलाई टिकट दिए, किनभने एमालेमा इमान्दार कम्युनिष्ट नेता नै छैनन्, एमाले पार्टी नै राप्रपा भइसक्यो’–उनले भनिन् । एमालेका उम्मेद्वार कृष्णकुमार राई पञ्चायतकालमा मन्त्री हुदा पनि धरानको विकासमा कुनै योगदान नदिएको आरोप लगाइन् ।

                                                                                                             चामल, पैसा लिनुस्, भोट हामीलाई दिनुस्

 एमाओवादी उम्मेद्वाहरुले चुनाव जिन्तको लागि एमालेले सुकुम्बासी बस्तीहरुमा पैसा र चामल बाडिरहेको आरोप लगाएका छन् । एमालेबाट चालम र पैसा लिएपनि भोट चाहि एमाओवादीलाई नै हाल्न उनीहरुले मतदातासँग आग्रह पनि गरे । समानुपातिक उम्मेद्वार कमला राईले एमालेबाट जनआन्दोलन दबाउने पूर्वपञ्च चुनावमा उम्मेद्वार रहेकोले उनले चुनाव जित्नको लागि पैसा बाडिरहेको आरोप लगाइन् । ‘जसको गोजीमा पैसा थियो, एमालेमा उसैले टिकट पायो, त्यसैले एमाले सामन्तीहरुको पार्टी हो’–उनले भनिन्,–‘चुनाव जित्न पनि पैसा बाडिरहेको छ, पैसा लिनुस् तर भोट सच्चा क्रान्तिकारी पार्टी एमाओवादीलाई हल्नुस् ।’
 अर्का समानुपातिक उम्मेदवार तथा चलचित्र निर्देशक दिपक श्रेष्ठले पनि एमालेका उम्मेद्वार एमाले पार्टीको नभई राप्रपाको उम्मेद्वार भन्दै उनले बाडेको पैसा र चामल दिलखोलेर लिन मतदाताहरुलाई आग्रह गरे । ‘चाल र पैसा बाडिरहेको छ रे, लिनुस, भेष बद्लिकन पनि लिनुस्’–चलचित्रकर्मी श्रेष्ठले भने–‘तर, भोट चाहि ढ्याम्प हामीलाई हान्नुस् ।’ पहिला काल्पनिक कथाको छाँयाकनलाई निर्देशन गर्ने गरेपनि अहिले भने जनता र राष्ट्रको वास्तविक कथाको छाँयांकनमा आफु सर्मपित भएको उनले बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे