कोल्ड स्टोर नहुदा सुन्तला जोगाउन गाह्रो
धरान । खोकु ५, धनकुटाका कृषक बालकुमार राईलाई अहिले वगानको सुन्तला हतारमा टिप्ने र धरानको कृषि उपज बजारस्थलमा पुर्याउने चटारो छ । ताजा सुन्तला बजारमा पुर्याउन नसकिए भाउ नपाउला भन्ने चिन्ता त छदै नै छ, एक सातासम्म बिक्री नभईदिए सुन्तला नष्ट हुने डर पनि उतिकै छ ।
उनलाई मात्रै होइन, यहाँ शीत भण्डारको उचित व्यवस्था नहुदा सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुमलगायत जिल्लाका किसानहरुलाई यतिबेला यही चिन्ताले घेर्छ । झनै अचानक हुने बन्द, हडताल लम्बिइदिदा हुने पीर भनिसध्यै छैन । ‘शीत भण्डार भइदियो भने हामीलाई धेरै राहत हुनेथियो, बजार भाउ नपाउला र सुन्तला कुहिएर नष्ट होला भन्ने चिन्ता हुदैनथ्यो’–सोमबार धरानमा सुन्तला जेख्दै गर्दा राईले भने ।
किसानहरु आफै सुन्तला ढुवानी गरेर कृर्षि उपजसम्म ल्याएर कारोबार गर्ने हुनाले पनि भाउ नपाउदा वा बिक्री नहुदाको असर उनीहरुलाई नै पर्छ । किसान एवं व्यापारीहरुका अनुसार किसानहरुले बजारस्थलमा रहेका थोक व्यापारीलाई सुन्तला बुझाउछन् । त्यहाँ बिक्री गरिदिए वापत किसानहरुले ५ देखि १० प्रतिशत रकम थोक बिक्रेतालाई बुझाउछन् । शीत भण्डार नहुदा व्यापारीहरुले लगानी गर्न पनि डराउछन् । ‘कोल्ड स्टोर हुदा ६ महिनासम्म ढुक्क हुन्छ, नहुदा हप्ता दिनपछि नै बिग्रन थालिहाल्छ’–थोक बिक्रेता धनबहादुर कटवालले भने–‘यसको व्यवस्था भइदिए लगानी पनि ढुक्कले गरिन्थ्यो ।’
कार्तिकदेखि सुन्तलाको सिजन शुरु भएपनि शीत भण्डारको अभावमा किसानहरुले भाउ पाउने लोभमा सिजनको अन्त्यतिर मात्रै टिपेर बजारमा पुर्याउछन् । यसले सुन्तलाको फुल लाग्न र उत्पादनमा पनि असर पुर्याउने गरेको कृषि उपज बजारस्थलका व्यावस्थापक लक्ष्मण भटराईको भनाई छ । ‘भाउ पाइन्छ भनेर अधिकांश किसानहरुले सिजन सकिन लाग्दासम्म मात्रै सुन्तला टिप्छन्, त्यतिबेला फुल फुल्ने समय भइसकेको हुन्छ, यसले उत्पादनमा पनि असर पर्छ’–उनले भने–‘कोल्ड स्टोरेज भइदिए समयमै टिपेर राख्न सकिन्थ्यो, तत्काल बिक्री नहुदा पनि नष्ट हुने डर हुन्न ।’ शीत भण्डार भए सुन्तलासँगै अन्य कृर्षिजन्य उत्पादनहरु पनि भण्डारण गर्न सकिने भएकोले किसानहरुलाई धेरै राहत मिल्ने उनको भनाई छ ।
एक साताभित्रै कुहिने सम्भावना भएकोले सुन्तलाको लागि शीतभण्डार अतिआवश्यक भएको व्यापारीहरुको भनाई छ । सुन्तला उत्पादनमा नेपालमै कहलिएको धनकुटाको खोकु, छिन्ताङ, मौनाबुधुकलगायत क्षेत्रमा उपत्पादन भएको सुन्तलाको थोक कारोबार धरानको कृषि उपज बजारस्थलमा हुनेगर्छ । कृषक तथा व्यापारीहरुको मर्का बुझेर बजारस्थलले पहल गरेपछि व्यावसायिक कृर्षि विकास आयोजना(सिएडिपी)ले सम्भाव्यता अध्ययन गरेर प्रस्ताव ल्याउन आग्रह गर्यो । सो आग्रहपछि सम्भाव्यता अध्ययन गरेर बजार स्थलले ठुलो र सानो संरचनाको शीत भण्डार निर्माणको प्रस्ताव पेश गर्यो । ‘सम्भाव्यता अध्ययनपछि ठुलो र सानो प्रकारको प्रस्ताव दियौं, तर केही समय पर्खनुस् भनेकोले तत्काल शीत भण्डारको योजना थाति रह्यो’–बजारस्थलका व्यावस्थापक भटराईले भने । बजारस्थल सञ्चालक समितिका अध्यक्ष काजी गिरीले राज्यले नै किसानहरुलाई राहत दिलाउन शीत भण्डारसँगै अन्य सुविधाहरुको व्यवास्था गरिदिनुपर्ने बताए ।
(०७० मंसिर १२ गते नागरिक दैनिकमा प्रकाशित)

Comments
Post a Comment