धरानमा कांग्रेसको वृहत चुनावी आमसभा

धरान । संविधानसभाको संघारमा घरदैलो अभियान र कोणसभाहरु नसकिदै सुनसरी क्षेत्र नम्बर १ का राजनैतिक दलहरु चुनावी आमसभातिर केन्द्रीत भएका छन् । निर्वाचन मिति ५ दिन मात्रै बाँकी छदा घरदैलो र कोणसभा नसकिए पनि दलहरु आमसभा गर्न हत्तारिएको हो । मंसिर १ गते पछि सभाहरु गर्न नपाइने भएकोले पनि दलहरु कार्तिक अन्तिममा नै आमसभा गर्न केन्द्रीत छन् । चुनाव बहिष्कार गरिरहेको मोर्चाले बन्दको गरेतापनि दलहरु आफ्ना कार्यकर्ता र सर्मथकहरुलाई बजारमा उतारेर शक्ति प्रर्दशन गर्न कम्मर कसेर लागिपरेको छ ।
बिहिबार नेपाली कांग्रेसले धरानको भानुचौकमा केन्द्रीय नेताहरु उपस्थित गराएर सुनसरी क्षेत्र नम्बर १ को वृहत चुनावी आमसभा सम्पन्न गर्यो । अघिल्लो दिन कांग्रेसले धरानमा अहिलेसम्मकै वृहत मोटरसाइकल र्याली निकालेको थियो । कांग्रेसले आमसभा गरेकै ठाउँमा शुक्रबार एमाओवादीको अन्तिम चुनावी आमसभा हुदैछ भने शनिबार एमालेको आससभा हुनेछ । ‘एक दुई ठाउँमा कोणसभा बाँकी नै छ, मंसिर १ गतेपछि सभाहरु गर्न नपाइने भएकोले समय मिलाएर आजै सभा गरेका हौं’–कांग्रेस क्षेत्रीय समितिका सचिव एवं प्रचारप्रसार संयोजक सुजेन्द्र तामाङले भने ।
कांग्रेसको सभालाई नेता एवं केन्द्रीय सदस्यहरु शेखर कोइराला, मिन बहादुर विश्वकर्मा, नेविसंघका पूर्वसभापति गुरुराज घिमिरे, नेपाल महिला संघकी केन्द्रीय सभापति लिला संग्रौलालगायत नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा नेताहरुले कम्युनिष्टहरुप्रति जनतामा वितृष्ण जागिसकेको ठोकुवा गर्दै लालकिल्ला ढाल्ने दाबी गरे । कम्युनिष्टकै नेतृत्वमा सरकार बन्दा पनि देशले निकास नपाएको र कांग्रेसको नेतृत्वमा मात्रै शान्ति, संविधान र देशको विकास हुने उनीहरुले बताएका थिए ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे