गोधुली कपमा इतिहास रच्दै वडा १५ च्याम्पियन

 धरान । १४ औं अन्तरवडास्तरीय रेडबुल गोधुली फुटबल रनिङ कपमा इतिहास रच्दै धरान वडा नम्बर १५ च्याम्पियन बनेको छ । धरान १७, स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नं ८ लाई १–० को झिनो गोलअन्तरले हराउदै वडा १५ पहिलो पटक च्याम्पियन बनेको हो ।
गोधुलीको तीन पटकको विजेता वडा ८ को उपाधि चुम्ने सपना शुभम कार्कीले एक मात्र गोलले चकनाचुर पार्यो । दोस्रो हाफको १५ औं मिनेटमा उनले गरेको निर्णायक गोलले गोधुलीमा वडा १५ पहिलो पटक च्याम्पियन बन्न सक्यो । पहिलो हाफको खेलमा दुवै तर्फबाट भने गोल हुन सकेको थिएन । वडा ८ ले पटक पटक अवसर पाउदा पनि गोल गर्न चुकेपछि उपाधिबाट बञ्चित बन्नुपर्यो । वडा ८ को प्रयासलाई वडा १५ का गोलकिपर मिलन मगरले पनि असफल बनाएका थिए । वडा ८ यसअघि गोधुलीको तेस्रो, छैटौं र नवौं सँस्करणमा विजेता बनेको थियो ।
च्याम्पियन वडा १५ ले ट्रफीसँगै नगद ४० हजार हात पार्यो भने उपविजेता वडा ८ ले नगद २५ हजारमा नै चित्त बुझायो । फाइनल खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता वडा १५ का शुभम घोषित भए । उनले नगद २ हजार र ट्रफी हात पारे । यसैगरि, प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडी घोषित हुदै वडा ८ का रमेश मगरले नगद ६ हजार हात पारे भने उत्कृष्ट गोलरकिपर घोषित हुदै वडा १५ का मिलन मगरले नगद ३ हजार थापे । प्रतियोगिताभर ७ गोल गरेका वडा ८ का सविन मगरले हाइ स्कोररको पुरस्कारस्वरुप नगद ३ हजार पाए भने उदयीमान खेलाडी घोषित हुदै वडा १५ कासौजन राईले पनि नगद ३ हजार थापे । अनुशासित टिमको पुरस्कार वडा ७ ले थाप्यो ।
विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई एन्फाका केन्द्रीय उपाध्यक्ष किशोर राई, धरान नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, आयोजक गोधुली क्लबका अध्यक्ष देशकुमार राई, एन्फा जिल्ला उपाध्यक्ष नविन राईलगायतले पुरस्कार वितरण गरेका थिए । कार्तिक ४ गतेबाट सञ्चालन भएको प्रतियोगितामा धरानका १९ वटा वडा समितिहरुमध्ये १५ वटाले भाग लिएको थियो । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे