‘मधुमेहबाट बच्न दैनिक ३० मिनेट व्यायम’

‘वंशानुगत, खानपिनमा भएको परिवर्तन, व्यायमको कमी, उच्चररक्तचाप, मोटोपनलगायतले गर्दा मधुमेह विरामीको संख्या बढ्दो छ’–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित समाजिक उत्तरदायित्वका निम्ति चिकित्सक, नेपाल विद्यार्थी च्याप्टर(पिएसआरएन)का अध्यक्ष एवं प्रतिष्ठानमा एमबिबिएसको अन्तिम बर्षका विद्यार्थी सागर पौडेलले भने–‘त्यसैले यो रोगबाट बच्न बेलैमा सचेत हुनुपर्छ, नियमितिरुपमा स्वास्थ्य जाँच र शारीरिक व्यायम गरिरहनुपर्छ ।’ मधुमेह बढ्दै जादा आँखा, मृगौला, दिमाग, मुटु, नशालगायत शरीरका विभिन्न अंगहरुमा पनि थप समस्या बढ्दै जाने बताए ।
स्वास्थ्यकर्मीहरुका अनुसार विश्वमा ४० बर्ष माथिका ४ जना मानिसमध्ये एक जना मधुमेह रोगी हुन्छन् । विश्वका दुई जना मधुमेह रोगीमध्ये एक जनालाई आफु मधुमेह रोगी हुँ भन्ने जानकारी नै नहुने अर्का विद्यार्थी रञ्जित जसराजले बताए । ‘३७ करोड रोगीमध्ये आधालाई आफु मधुमेहको रोगी हुँ भन्ने नै थाह छैन’–उनले भने । विश्वका ४ जना मधुमेह रोगीमध्ये एक जना दक्षिण एसियाली राष्ट्रका हुने गरेका छन् । नेपालमा हालसम्म करिब २० लाख अर्थात ३.५ प्रतिशत मानिस मधुमेह रोगी भएको तथ्यांक छ ।
अन्र्तराष्टिय मधुमेह संगठनका अनुसार सन् २०१२ मा विश्वभर मधुमेह रोगको कारणले ४८ लाख मानिसको मृत्यु भएको थियो भने ४.७१ खर्ब अमेरिकी डलर मधुमेह रोगको न्युनिकरणमा खर्च भएको थियो । यो रोगबारे जनचेतना जगाउन सन्े १९९१ देखि नै मधुमेह दिवस मनाउन थालिएपनि संयुक्त राष्ट्र संघले सन् २००७ देखि आधिकारिकरुपमा विश्वभरमा नै यो १४ नोभेम्बरलाई विश्वभर मधुमेह दिवसकोरुपमा मनाउन थालेको हो ।
मधुमेह दिवसमा दुई दिने कार्यक्रम

कार्तिक २७ गते बुधबार साँझ ६ बजे भानुचोकस्थित घण्टाघर परिसरमा निलो रंगको बत्ति बालिने पिएसआरएनका अध्यक्ष सागर पौडेलले जानकारी दिए । उनका अनुसार निलो रंग मधुमेहविरुद्ध एकतावद्ध हुनुपर्छ भन्ने संकेत हो । यस्तै, १४ नोभेम्बार(बिहिबार) भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा सर्वसाधारणहरुको निःशुल्करुपमा रगतमा चिनीको मात्रा परीक्षण गर्ने उनले बताए । ‘त्यसबेला हामी तौल नाप्ने, मधुमेहप्रति सचेतना दिने र पम्प्लेटहरु वितरण पनि गछौं’–उनले भने । कार्यक्रम केएचडिसिको सहकार्यमा हुन लागेको हो ।
Comments
Post a Comment