धराने युवाहरु साइकलमा पुगे हिमाली जिल्ला
धरान । धरान १९ का २१ बर्षीय विवेक तामाङले माउण्टेन बायक चलाउन थालेको डेढ महिना जति मात्रै भयो । धराने युवाहरुसँग सिटि राइड र कहिले छिमेकी गाविसतिर जादा उनी रोमाञ्चित हुन्थे । तर, यो साताको साइकल यात्रा उनको जीवनमा अविष्मरणीय बन्न पुग्यो ।
साइकलको माध्यमबाट ग्रामिण पर्यटन प्रर्वद्धनका जुटेका धराने दुई अगुवा युवाहरुसँग उनी दशदिने साइकल यात्रामा ओखलढुंगा, सोलुखुम्बु पुगेका छन् । ग्रीनह्विल्स धरानसँग सम्बन्धित यी युवाहरु कार्तिक ३ गते धरानबाट प्रस्थान गरेका थिए । दश दिने साइकल यात्रा सकेर धरान आइपुगेका विवेक पहाडी र हिमाली बाटोमा साइकल गुडाउदाको क्षण सम्झदा रोमाञ्चित हुन्छन् । ‘खोला नाला र भीरहरुमा हिड्यौं, दुधकोशीको किनारमा हिड्दा खसिन्छ कि भन्ने चिन्ता पनि भइरहन्थ्यो’–मंगलबार दिउँसो नागरिकसँगको भेटमा उनले भने–‘दुई दिन त १२, १२ घण्टासम्म साइकल चलायौं, सोचेको भन्दा ज्यादै रमाइलो यात्रा भयो ।’
विवेकसँगै ग्रिनह्विल्स धरानका संस्थापकद्धय दिपक राई र डा.समीर चौधरी पनि साइकल यात्रामा निस्किएका थिए । उनीहरुको उद्देश्य थियो, ग्रामिण पहाडी क्षेत्रमा साइकल ट्रेल(रुट) खोज्नु र प्रर्वद्धन गर्नु । ‘हाम्रो उद्देश्य साइकल गुडाउनु मात्रै होइन, ग्रामिण पर्यटन प्रवद्र्धन गर्नु पनि हो’–शिक्षकसमेत रहेका दिपक राईले भने–‘पहाडी ग्रामिण जनजीवन हेरयौं, स्थानीयसँग गोठाला पनि गयौं, माछा मार्यौं, ज्यादै रमाइलो भयो ।’ कतिपय ठाउँमा पहिलो चोटी साइकल पुगेको करणले केटाकेटीहरुले घेरेको र अनौठो मानेको अनुभव पनि उनीहरुले लिए । मनमोहक प्राकृत्तिक सौन्दर्यले लट्ठ बनाएको उनीहरुको अनुभूति वयान गरिसाध्यै छैन ।
तीन जनाको टोली पहिलो दिन कतुके भन्ने ठाउँसम्म बस यात्रा गरेर त्यहाँबाट साइकल यात्राबाट ओखलढुंगा पुगेर बास बसेका थिए । दोस्रो दिन साइकल यात्राबाट नै सोलुखुम्बुको सदरमुकाम सल्लेरी पुगे । त्यहाँबाट पुनः साइकलको माध्यमबाट फाप्लु, नेले, तुइनटार पुगेर उनीहरुले ४ दिनसम्म त्यहाँको जनजीवनलाई नजिकबाट नियाले । ‘हामी साइकलबाट नै ३ हजार मिटर उचाईको फताले भन्ने सोलुखुम्बुको डाँडा पनि पुग्यौं, यो यात्रा सोचेभन्दा असाध्यै रोमाञ्चक भयो’–डा.समिर चौधरीले भने ।
साइकलबाटै फर्कदा नेकपा–माओवादीले पुष्पकमल दाहाल प्रचण्डलाई अवरोध सृर्जना गर्न बाटैभरि रुख ढालेर अवरोध सृर्जना गरेकोले तीन जनाको टोलीले निक्कै हैरानी खेप्नुपर्यो । प्रहरीसँग मिलेर उनीहरुले बाटोको अवरोध हटाउदै धरान फर्कनु परेको थियो । ‘साइकल यात्रा साहसिक पर्यटन पनि हो, त्यसैले यात्रामा यस्तो दुःख, अवरोध भएपनि मज्जा नै हुन्छ’–दिपक भन्छन् । ग्रिनह्विल्सका सिइओ हेम लिम्बू पूर्वमा ग्रामिण पर्यटन प्रर्वद्धनमा साइकल टुरिज्मको ठुलो सम्भावना भएकोले तीन युवाको यात्रा लाभदायी हुने आशा व्यक्त गरे । ‘हामी नयाँ नयाँ साइकल ट्रेलको खोजी गर्दैछौं, उहाँहरुको यात्राले फाइदा पुर्याउन सक्छ’–उनले भने ।
..........
साइकलको माध्यमबाट ग्रामिण पर्यटन प्रर्वद्धनका जुटेका धराने दुई अगुवा युवाहरुसँग उनी दशदिने साइकल यात्रामा ओखलढुंगा, सोलुखुम्बु पुगेका छन् । ग्रीनह्विल्स धरानसँग सम्बन्धित यी युवाहरु कार्तिक ३ गते धरानबाट प्रस्थान गरेका थिए । दश दिने साइकल यात्रा सकेर धरान आइपुगेका विवेक पहाडी र हिमाली बाटोमा साइकल गुडाउदाको क्षण सम्झदा रोमाञ्चित हुन्छन् । ‘खोला नाला र भीरहरुमा हिड्यौं, दुधकोशीको किनारमा हिड्दा खसिन्छ कि भन्ने चिन्ता पनि भइरहन्थ्यो’–मंगलबार दिउँसो नागरिकसँगको भेटमा उनले भने–‘दुई दिन त १२, १२ घण्टासम्म साइकल चलायौं, सोचेको भन्दा ज्यादै रमाइलो यात्रा भयो ।’

तीन जनाको टोली पहिलो दिन कतुके भन्ने ठाउँसम्म बस यात्रा गरेर त्यहाँबाट साइकल यात्राबाट ओखलढुंगा पुगेर बास बसेका थिए । दोस्रो दिन साइकल यात्राबाट नै सोलुखुम्बुको सदरमुकाम सल्लेरी पुगे । त्यहाँबाट पुनः साइकलको माध्यमबाट फाप्लु, नेले, तुइनटार पुगेर उनीहरुले ४ दिनसम्म त्यहाँको जनजीवनलाई नजिकबाट नियाले । ‘हामी साइकलबाट नै ३ हजार मिटर उचाईको फताले भन्ने सोलुखुम्बुको डाँडा पनि पुग्यौं, यो यात्रा सोचेभन्दा असाध्यै रोमाञ्चक भयो’–डा.समिर चौधरीले भने ।

..........
निकै सहाशी पर्यटक र अभियांताहरुलाई हार्दिक साधुवाद, सफलताको कामना /
ReplyDelete