फुटबलमा आर्मीको जित, एपिएफ र सुदुरपश्चिम बराबरी
धरान । सातौं वृहत राष्ट्रिय खेलकुदअन्र्तगत पुरुष फुटबलमा आइतबार नेपाल आर्मीले जित हात पर्दा सशस्त्र प्रहरीको एपिएफ र सुदुरपश्चिमाञ्चल क्षेत्रले गोलरहित बराबरी खेलेको छ ।
धरान १७स्थित एन्फा टेक्निकल सेन्टरमा समुह ‘ख’अन्र्तगतको पहिलो खेलमा एपिएफ र सुदुरपश्चिमाञ्चले कुनै पनि गोल गर्न सकेन भने अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चल क्षेत्रलाई १–० गोलअन्तरले पराजित ग¥यो । बराबरी पछि एपिएफ र सुदुरपश्चिमाञ्चल क्षेत्रले एक एक अंक बाड्यो भने आर्मीले महत्वपुर्ण ३ अंक जोड्यो । आर्मीका जितमा नवयुग श्रेष्ठ नायक बने । उनले पहिलो हाफको ६ मिनेटमा गोल गरेका थिए । मध्यपश्चिमाञ्चलका खेलाडीले प्रहार गरेको वल नियन्त्रणमा लिएर करिब २० यार्डबाट नवयुगले गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।
एपिएफ र सुदुरपश्चिममाञ्चल दुवैले आक्रामक खेलेपनि गोल गर्न भने सकेन । आर्मी र मध्यपश्चिमाञ्चलको खेलमा आर्मी हावी रहे पनि एक मात्र गोल गर्न सक्यो । दोस्रो हाफको १९ औं मिनेटमा कृष्ण रानाभाटले रातो कार्ड पाएर मैदान छाड्नु परेपछि मध्यपश्चिम १० खेलाडीमा सिमित भएको थियो । उनले आर्मीका सुमन अर्याललाई खतरनाक फल गरेपछि रातो कार्ड पाएका थिए ।
आइतबारको नजिता पछि दुवै खेलमा जित पाएको आर्मी ६ अंकको साथ समुहमा शीर्षस्थानमा छ । एक खेलमा जित र एकमा बराबरी नतिजा निकालेको एपिएफले ४ अंक जोडेको छ भने एक खेलमा हार र एकमा बराबरी नतिजा निकालेको सुदुरपश्चिमाञ्चलको मात्र एक अंक छ । दुवै खेल हारेको मध्यपश्चिमाञ्चलले हालसम्म अंक जोड्न सकेको छैन । सोमबार समुह क अन्र्तगत लिग चरणको अन्तिम खेल हुनेछ । पहिलो खेल नेपाल पुलिस क्लब र मध्यामाञ्चल क्षेत्रबीच हुनेछ भने दोस्रो खेल पश्चिमाञ्चल क्षेत्र र पुर्वाञ्चल क्षेत्रबीच हुनेछ ।

Comments
Post a Comment