बुढासुब्बाको १९ औं सँस्करण फागुनमा


धरान । मोफसलको प्रतिष्ठित अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको १९ औं सँस्करण आगामी फागुन पहिलो सातादेखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबको बुधबार बसेको पुर्ण बैठकले फागुन ५ देखि १४ गतेसम्म १९ औं सँस्करण सञ्चालन गर्ने मिति तय गरेको हो ।
यसअघिका पाँच सँस्करण धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुदै आएको प्रतियोगितालाई यस पटक भने धरान १६ स्थित रंगशालामा नै आयोजना गर्ने निर्णय गरेको क्लबका महासचिव प्रताप तामाङले जानकारी दिए । ‘अझै अढाई महिना समय छ, त्यति बेलासम्म धरान रंगशाला पुर्णरुपमा तयार भइसक्ने भएकोले यो पटकदेखि रंगशालामा नै गोल्डकप आयोजना गर्ने निर्णय गरेको हो’–महासचिव तामाङले भने–‘फागुन ५ गतेदेखि १४ गतेसम्म प्रतियोगिताको मिति तय गरेका छौं ।’ धरान रंगशालाको स्तरोन्नती गर्न भन्दै मैदानको पुर्ननिर्माण थालेपछि बुढासुब्बा गोल्डकप त्यहा हुन पाएको थिए । गोल्डकप १४ औं सँस्करणदेखि एन्फा टेक्निकल सेन्टरमा हुदै आएको थियो । पुर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप हाल रंगशाला निर्माण भइरहेको छ ।
गत बर्ष १८ औं सँस्करणको उपाधि जितेको मनाङ मस्र्याङ्दी क्लब । 
सोही बैठकले प्रतियोगिताको पुरस्कार राशी वृद्धि गर्दै विजेतालाई ५ लाख र उपविजेतालाई २ लाख ५० हजार उपलब्ध गराउने निर्णय पनि गरेको छ । उत्कृष्ट खेलाडीले मोटरसाइकल, हाइ स्कोररले २५ हजार र उत्कृष्ट गोलकिपर, रक्षक, स्ट्राइकर, मिडफिल्ड, कोचले जनही नगद ११ हजार पाउनेछन् ।
यसअघि, ८ वटा मात्र टिम हुने गरेको प्रतियोगितामा यो सँस्करणमा भने १० वटा टिम सहभागी गराउने क्लबले निर्णय गरेको छ । त्यसमध्ये आयोजकले २ वटा टिम हुनेछ भने दक्षिण एसियाको ए भिडिजन क्लबहरुमध्ये एउटा क्लबलाई एन्फा मार्फत प्रतियोगितामा ल्याउने क्लबले निर्णय गरेको छ । ‘खर्च बढी नै होस, तर प्रतियोगितालाई स्तरीय बनाउन एन्फामार्फत दक्षिण एसियाको राम्रो ए भिडिजन क्लबलाई पनि ल्याउछांै, त्यसको लागि एन्फाबाट प्रक्रिया अघि बढाउन क्लब अध्यक्ष काठमाण्डौं गइसक्नुभएको छ’–महासचिव तामाङले भने–‘क्लब ल्याउछौं, ल्याउछौं ।’ क्लबका अध्यक्ष एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राई हुन् । २०५५ सालदेखि शुरु भएको प्रतियोगिता निरन्तर आयोजना हुने नेपालको एकमात्र फुटबल प्रतियोगिता हो ।
गत बर्ष १८ औं सँस्करणको उपाधि जितेको मनाङ मस्र्याङ्दी क्लब । 



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे