२६ औं राष्ट्रिय कविता महोत्सव शुरु,आज कविताहरुको प्रतियोगिता
धरान । स्वर्गीय कवि विमल गुरुङको स्मृतिमा २६ औं राष्ट्रिय कविता महोत्सव २०७३ शुक्रबारदेखि धरानमा शुरु भएको छ । स्व.विमल गुरुङ स्मृति पुस्तकालयको आयोजनामा धरान १८ स्थित आफ्नै भवनमा कविता महोत्सव शुरु भएको हो । बिगतमा एक दिन मात्र महोत्सव गरिदै आएकोमा यो बर्ष २ दिने कार्यक्रमसहित कविता महोत्सव आयोजना गरिएको छ ।
महोत्सवको उद्घाटन अवसरमा शुक्रबार दुई वटा बिषयमा साहित्यक बहस भएको थियो भने रङ्वादको बारेमा पनि चर्चा भएको थियो । महोत्सवको उद्घाटन स्वर्गीय विमलका बुबा एवं पुस्तकालयका अध्यक्ष पुर्णबहादुर गुरुङ र प्रमुख अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद सदस्य तथा काव्य विभाग प्रमुख डा.अमर गिरीले गरेका थिए । कवि विमल गुरुङका कविताहरुमाथि बम देवान, डा.टंक न्यौपाने र निमेश निखिलबीच बहस भएको थियो । उक्त बहसलाई गुरुङ सुशान्तले सहजीकरण गरेका थिए ।
डा.न्यौपानेले कवि गुरुङलाई प्रगतिशिल मात्र नभई प्रयोगवादी कविकोरुपमा चित्रण गरेका थिए । शब्दको खेल मात्र कविता नहुने धारणा राख्दै उनले कविताको भाषाबाट सन्देश बोलिनुपर्ने धारणा राखे । ‘सन्देश नदिने कवि उच्चतम कोटीको हुनै सक्दैन, किनभने कविले समाज बदल्ने हो’–न्यौपानेले भने–‘कविता एउटा प्रगतिवादी हुनसक्छ, अर्को स्वतन्त्रतावादी हुनसक्छ तर सन्देश हुनुपर्छ ।’ उनले स्वर्गीय कवि विमलको कवितामा कला पक्ष छैन भनेर कसैले भने आफुलाई स्वीकार नहुने पनि बताए ।
कवि निमेष निखिलले विमलका प्रारम्भिककालका कविताहरुमा वैचारिक अस्पष्ट भएपनि पछिल्लो समयका कविताहरु वैचारिकरुपमा प्रष्ट भएको धारणा राखे । साथै, ती कविताहरुमा कलापक्ष पनि वलियो भएको उनको भनाई थियो । कवि वम देवानले विमल फेन्टासी कवि नभई विचार बोकेको कविकोरुपमा चित्रण गरे । ‘उनी विचार बोकेका कवि हुन्, माक्र्सवादी चिन्तन र प्रगतिशिल छन् । सानै उमेर भएपनि दर्शनबाट प्रभावित छन्’–देवानले भने ।
यसैगरि, महोत्सवअन्र्तगत पहिलो दिनमा समकालीन नेपाली कवितामा पुर्वको योगदान बिषयमा प्रा.डा.भिम खतिवडाले कार्यपत्र प्रस्तुत गर्दै समकालीन नेपाली कविताको सन्दर्भमा पुर्वको कलात्मक हस्तक्षेप केन्द्रमा निक्कै प्रभावकारी बन्न पुगेको उल्लेख गरेका थिए । तथापी, कविहरुमा अभ्यासको कमी, निरन्तर साधना र लगावको अभाव, परिस्कारप्रति उदासिनता तथा जे लेखे पनि छापिहाल्ने हतारो प्रवृत्तिले कवित्वमा निखार र स्तरीयता नआउने समस्या पनि उनले उजागर गरेका छन् । पुरस्कार र दोसल्लाको आदनप्रदानलाई घातक रोगको संज्ञा दिदै उनले यो प्रवृत्तिले कविताहरुलाई सधै कमजोर बनाउने तथा समाज र जीवननिरपेक्ष कविता सृर्जन कि सापेक्ष भन्ने सवाल पनि अन्यौलको कारण बनेको उनको कार्यपत्रमा छ । उनको कार्यपत्रमाथि प्रा.डा. भोलानाथ पोख्रेलले टिप्पणी गरेका थिए । यस्तै, रंगवादमाथि चर्चा गर्दै धर्मेन्द्रविक्रम नेम्बाङले मानवशास्त्र, अर्थशस्त्रका सिद्धान्त, मुल्य र मान्यताहरुलाई पनि नयाँ ढंगले सोच्नुपर्ने बेला आएको जिकिर गरेका थिए ।
महोत्सव अन्र्तगत शनिबार छानिएका उत्कृष्ट २० कविताहरुबीच प्रतियोगितात्मक कविता गोष्ठी हुनेछ भने साहित्य तथा सामाजसेवामा योगदान पु¥याएका व्यक्तित्वहरुको अभिनन्दन तथा सम्मान पनि हुने पुस्तकालयका सचिव चेवन राईले बताए । उत्कृष्ट २० मध्येबाट प्रथम हुने कविले नगद २० हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने कविले १० हजार पाउने आयोजकले जनाएको छ ।

Comments
Post a Comment