पर्यटकको बसाई लम्ब्याउन जंगल सफारी
धरान । पुर्वमा पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले कोशी टप्पु वन्यजन्तु आरक्षलाई लक्षित गरेर धरानको एक पर्यटन संस्थाले जंगल सफारी प्याकेज ल्याएको छ । विगत ५ बर्षदेखि पर्यटन प्रर्वद्धन तथा व्यावसायमा सक्रिय धरानको सेक्ष ट्राभलिङले जंगल सफारी प्याकेज ल्याएको हो ।
धरान आउने पर्यटकहरुलाई थप एक रात बास बसाउने गरी जंगल सफारीको प्याकेज तयार गरेको सेक्षले जनाएको छ । यो एक दिनको प्याकेज हो । तर, पर्यटकहरुले चाहेमा कोशीटप्पुमा होम स्टे पनि राख्न सकिने सेक्षआवद्ध पर्यटनकर्मी वासुदेव वरालले जानकारी दिए । ‘पर्यटकहरुलाई घुमाउने, खर्च गराउने गन्तव्यको कमी छ, त्यसैले एक दिन भएपनि बसाउने हो भने नयाँ गन्तव्य थप्नुपर्छ भनेर यो प्याकेज तयार गरेका हौं’–प्याकेजबारे जानकारी दिदै वरालले भने–‘बिहान ६ बजेदेखि साँझसम्मको प्याकेज हो, पर्यटकले चाहेमा होम स्टे पनि राख्छौं ।’
सेक्षले तयार गरेको प्याकेजअनुसार धरान दक्षिणको चारकोसे जंगलमा ठुलो फायरलाईन र अर्को धरान १९ को हरियाली वन समुहबाट ट्र्याक शुरु हुन्छ । उक्त ट्रयाक धरान १७ स्थित कुम्भीआहालबाट भरौल गाविस निस्कन्छ । त्यहाँबाट महेन्द्रनगर, प्रकाशपुर हुदै कोशीटप्पु वन्यजन्तु आरक्षमा पुग्छ । आरक्षमा हात्ति सफारी गर्दै जंगली भैसी अर्ना अवलोकन हुन्छ भने विभिन्न प्रजातिको चराहरुको पनि अवलोकन गरिन्छ । कोशी टप्पु अर्नाको एक मात्र बासस्थान हो भने चराहरुको स्वर्ग मानिन्छ । यहाँ आगन्तुक चराहरु हेर्न विदेशीहरु बर्षेनी आउने गर्छन् ।
प्याकेजअन्र्तगत नै पर्यटकहरुले कोशी नदीमा बोटिङको मजा लिन सक्नेछन् भने कोशीको बीचमा रहेको टापुमा पनि लगिनेछ । ‘टापुमा वालुवाको थुप्रो छ, त्यहाँ पर्यटकहरु रमाउनेछन् । पर्यटकहरुलाई समन्द्री मजा दिलाउने प्रयास गरेका छौं’–वरालले भने–‘नेपालमा अन्यत्र पनि जंगल सफारी हुन्छ, तर त्यहाँ २, ३ घण्टाको मात्र छ । हामीले एकदिनकै प्याकेज तयार गरेका छौं ।’ अहिले यो प्याकेज एक जनालाई मात्र २ हजार ५ सय रुपैया पर्छ । सफारीको लागि ७ जना क्षमताको गाडी तयार गरेको सेक्षकी प्रबन्ध निर्देशक एलिना मगरले बताइन् । तर, प्रर्वद्धनको लागि ३ या ४ जना मात्र भए पनि प्याकेजमा लैजाने उनले बताइन् । ‘बाहिरबाट पर्यटकहरुलाई भित्र्याउन नयाँ नयाँ योजना र प्याकेजहरु लञ्च गर्न आवश्यक ठानेर नै यो कदम चालेका हौं, यो प्याकेजले एक रात बस्ने पर्यटकहरुलाई २ दिनसम्म बसाउने अपेक्षा छ’–उनले भनिन् ।
पुर्वी नेपालका पर्यटकीय गन्तव्यहरुको १७ वटा प्याकेजसहित पाँच बर्षअघि सेक्ष ट्राभलिङ सञ्चालनमा आएको थियो । टुर प्याकेज तयार गर्ने र पर्यटकहरुलाई घुमाउन लैजाने यो धरानको पहिलो टुर अपरेटर पनि हो । यसको सञ्चालकहरुले हाल धरान ४ मा होटल सेक्ष, धरान ९ आचार्यलाइनमा सेक्ष इन र सेक्ष यातायात पनि सञ्चालनमा ल्याइसकेको छ । ‘हरेक बर्ष पर्यटनमा केही न केही नयाँ योजना, प्याकेज लञ्च गर्ने हाम्रो लक्ष्य हो’–वरालले भने ।

Comments
Post a Comment