धरानमा भवन निर्माण सम्बन्धी प्रर्दशनी हुने

समाजका अनुसार धरान १२ स्थित पब्लिक उच्चमाविको मैदानमा हुने प्रर्दशनीबाट उपभोक्ताहरुले भवन निर्माणसम्बन्धी विभिन्न उत्पादनहरु एकै स्थानमा पाउनेछन् भने गुणस्तरीय तथा वलिया भवन(घर) निर्माणबारे चेतनामुलक प्राविधिक जानकारी पनि पाउनेछन् । साथै, विभिन्न कम्पनीका उत्पादनहरुमा उपभोक्ताहरुले छुट तथा अफरहरु पनि पाउने समाजका अध्यक्ष विवेक अग्रवालले जानकारी दिए । ‘नेपालमा प्रायःजसो सबै प्रविधि, उत्पादन र सेवाहरु राजधानी केन्द्रीत छ, त्यसैले भवन निर्माणसम्बन्धी सम्पुर्ण सेवा, उत्पादन र प्रविधिबारे पुर्वाञ्चलका जनतालाई जानकारी गराउन यो प्रर्दशनी गर्न लागेका हौं’–मुल आयोजक समितिका संयोजकसमेत रहेका अग्रवालले भने ।

प्रर्दशनीले उत्पादक, प्रर्वद्धक तथा व्यवासायीहरुले आफ्नो उत्पादनबारे आमउपभोक्तालाई जानकारी गराउने अवसर पाउनेछ भने उपभोक्ताहरुले पनि गुणस्तरीय उत्पादन एकै थलोमा पाउने आयोजकको दाबी छ । प्रर्दशनीमा भुकम्प प्रतिरोधी भवन, पिलरको डमी पनि हुनेछ भने भुकम्प प्रतिरोधी भवन निर्माण, वास्तु शास्त्र, हरित गृह तथा प्राकृतिक प्रकोपजन्य घटनाबाट हुने सम्भावित क्षतिको पुर्व तयारी र निर्मित भवनमा रहेका समस्या हल गर्ने बिषयमा विज्ञहरुको सहभागितामा अन्र्तक्रिया पनि गरिने समाजले जनाएको छ । प्रर्दशनी सम्पन्न गर्न ५१ सदस्यीय मुल आयोजक समिति, विभिन्न समिति र उपसमिति गठन गरिएको पनि समाजले जानकारी दिएको छ । करिब २६ लाख खर्च हुने अनुमान गरिएको प्रर्दशनीमा एक लाख व्यक्तिहरुले अवलोकन गर्ने र ६ करोड बराबर करोबार हुने आयोजकले अनुमान गरेको छ ।
Comments
Post a Comment