शिवरामलाई इष्र्टन ओपनको उपाधि
धरान । नेपालका नम्बर वान गल्फर शिवराम श्रेष्ठले सिजनको पहिलो स्पर्धा सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिता २०१६ को उपाधि जितेका छन् । पार ७० को निर्वाण कन्ट्री क्लब गल्फ कोर्षमा बुधबार २ अण्डर ६८ स्कोर गरेका श्रेष्ठले कुल ४ अण्डर २०६ स्कोरका साथ उपाधि जितेका हुन् ।
इष्टर्न ओपनमा तेस्रो पटक च्याम्पियन हुने क्रममा उनले यो सिजनको पहिलो उपाधि जितेका हुन् । श्रेष्ठको खेल जीवनमा भने यो ३० औं उपाधि हो । च्याम्पियन ट्रफीसँगै श्रेष्ठले नगद एक लाख १० हजार हात पारे । उनी भन्दा ७ स्ट्रोकले पछि परेका रवि खड्का कुल ३ ओभर २१३ स्कोरका साथ दोस्रो स्थानमा रहदै नगद ७० हजारमा चित्त बुझाए । कुल ६ ओभर २१६ स्कोर गरेका सञ्जय लामा तेस्रो हुदै नगद ५० हजार हात पारे ।
च्याम्पियन श्रेष्ठले तेस्रो दिन फ्रन्ट नाइनमा २ अण्डर ३३ कार्ड बनाउने क्रममा दोस्रो र छैटौं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए भने ब्याक नाइनमा इभन पार ३५ कार्ड बनाउने क्रममा १०आंै, ११ औं र १२ औं होलमा स्ट्रोक जोगाए पनि १३ औं, १७ आंै र १८ औं होलमा बुगी खेपेका थिए । ‘खेलको शुरुवातबाटै राम्रो भयो, लामो पटिङ पनि छि¥यो । सिजनको पहिलो उपाधि जितेकोले एकदमै खुशी छुँ’–श्रेष्ठले भने–‘यो जितले बाँकी टुर्नामेन्टहरुमा पनि राम्रो गर्ने प्रेरणा मिलेको छ ।’ कुल ५४ होलका खेलमा पहिलो दिन ३ अण्डर ६७ को कार्ड बनाउदै श्रेष्ठ सञ्जय लामासँगै शीर्षस्थानमा रहेका थिए भने दोस्रो दिन १ ओभर ७१ को कार्ड बनाउदै शीर्षस्थानमा कायमै रहेका थिए ।
सात स्ट्रोकले पछि परेर दोस्रो भएका रविले बुधबार इभन पार ७० स्कोर गरेका थिए । फ्रन्ट नाइनमा १ ओभर ३६ को कार्ड बनाउने क्रममा उनले पाँचौं होलमा बुगी खेपे । ब्याक नाइनमा एक अण्डर ३४ कार्ड बनाएका उनले १० औंमा बुगी खेपे भने १४ औं र १६ औं होलमा बर्डी गर्दै स्ट्रोक जोगाएका थिए । उनी पहिलो दिन ३ ओभर ७३ को कार्ड बनाएर छैटौं स्थानमा थिए भने दोस्रो दिन लेभल पार ७० को कार्ड बनाउदै तेस्रो स्थानमा उक्लिएका थिए । तेस्रो भएका सञ्जय लामाले अन्तिम दिन ४ ओभर ७४ स्कोर गरे । फ्रन्ट नाइनमा २ ओभर ३७ कार्ड बनाउने क्रममा लामाले तेस्रो र छैटौं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए पनि दोस्रो, चौथो, पाँचौं र आठौं होलमा बुगी खेपे । ब्याक नाइनमा पनि २ ओभर ३७ कार्ड बनाउने क्रममा उनले १२ औं होलमा बर्गी गरे पनि ११ औं, १५ औं र १७ औं होलमा बुगी खेपेका थिए । पहिलो दिन ३ अण्डर ६७ स्कोरका साथ शिवरामसँग शीर्षस्थानमा रहेका लामा दोस्रो दिन ५ ओभर ७५ स्कोर गर्दै दोस्रो स्थानमा झरेका थिए ।
एमेच्योरतर्फ भने कुल ३ ओभर २१३ स्कोरका साथ स्थानीय शुक्रबहादुर राई च्याम्पियन बने । तेस्रो दिन एक अण्डर ६९ स्कोर गरेका उनले पहिलो दिन ५ ओभर ७५ र दोस्रो दिन एक अण्डर ६९ स्कोर गरेका थिए । एमेच्योरतर्फ धरानकै शिवकुमार माझी कुल ७ ओभर २१७ स्कोरका साथ दोस्रो भए । तेस्रो दिन ३ ओभर ७३ स्कोर गरेका माझीले पहिलो र दोस्रो दिन समान २ ओभर ७२ स्कोर गरेका थिए ।
स्थानीय प्रो.वलभद्र राई(मणी) कुल ८ ओभर २१८ स्कोरका साथ चौथो स्थानमा रहदै नगद ४० हजार हात पारे । समान ९ ओभर २१९ स्कोरसहित पाँचौं स्थानमा रहेका धनबहादुर थापा र भुवन नगरकोटीले जनही ३२ हजार ५ सय थापे भने कुल १२ ओभर २२२ स्कोरका साथ सातौं स्थानमा रहेका रामे मगर र देवराज पाख्रिन दुवैले जनही २६ हजार हात पारे । कल १३ ओभर २१३ स्कोरका साथ नवौं स्थानमा रहेका दिपक मगरले २३ हजार र कुल १६ ओभर २२६ स्कोरका साथ दशौं स्थानमा रहेका स्थानीय सविन सापकोटाले २१ ह्जार थापे । नेपाल प्रोफेस्नल गल्फ एशोसिएनद्धारा आयोजित प्रतियोगितामा दोस्रो दिनको खेलपछि कट पाएका शीर्ष २१ व्यावसायिक खेलाडीहरुले नगद पुरस्कार पाएका थिए । विजेता खेलाडीहरुलाई सुर्य नेपालका सहायक ब्राण्ड मेनेजर सौरभ भट्टराई, नेपाल गल्फ एशोसिएनका केन्द्रीय सदस्य एम.बि.लिम्बुले पुरस्कार वितरण गरेका थिए ।

Comments
Post a Comment