सद्भाव छर्दै सकियो चासोक(फोटोफिचर)


धरान । धरान १५ स्थित चुम्लुङ हिम परिसारमा अरुबेला केलाङ(च्याबु्रङ) गुञ्जिरहन्थ्यो । लिम्बु जातिको पालाम र हाक्पारे सुनिन्थ्यो । बिहिबारको दृष्य भने विल्कुल फरक । त्यहाँ केलाङ प्रर्दशनी मात्र भएन । राई, तामाङ, मगर, नेवार, शेर्पा, सिङ्सवालगायत अन्य आदिबासीहरुको मौलिक साँस्कृतिक झाँकीसमेत प्रर्दशनी भयो । विगत पाँच दिनदेखि जारी चासोक चङ्नाम साँस्कतिक उत्सव बिहिबार जातीय सद्भाव छर्दै यो बर्षको लागि विदा भयो ।
पुर्वी नेपालका प्रकृति पुजक लिम्बु जातिको उधौली चाड चासोक तङ्नामको अवसरमा मंसिर २६ गतेदेखि धरानमा उत्सव शुरु भएको थियो । उत्सवमा युवायुवती, वृद्धवृद्धाहरु मौलिक भेषभुषामा सहभागी हुदै सँस्कृति जोगाउनुपर्ने सन्देश छरेका थिए । समापनको साँस्कृतिक प्रर्दशनीमा सबैभन्दा पहिला नेवाःसाँस्कृतिक कला पुञ्जले धिमे बाजा तथा नाच प्रर्दशनी गरेको थियो । यसमा जन्मदेखि मृत्युसम्मका सँस्कारहरु प्रस्तुत गरिन्छ । त्यसपछि तामाङ घेदुङले तामाङ सेलो, सिङ्सवा कल्याण केन्द्रले हिमाली क्षेत्रमा नाचिने स्याब्रु नाच प्रस्तुत ग¥यो भने राई जातिको साकेला, मगरको हुर्रा पनि प्रस्तुत भयो । ‘धिमे बाजा हाम्रो नेवारी पहिचान हो, कला सँस्कृति हो । यसलाई जोगाइरहेका छौं, हाम्रो कला सँस्कृतिलाई आज पहिलो पटक चासोकमा प्रस्तुत गर्न पायौं । यसले जातीय सद्भाव र मेलमिलाप बढाउछ’–नेवाः साँस्कृतिक कला पुञ्जकी अध्यक्ष चन्द्र हलवाईले भनिन्–‘यसपाली चासोकमा हामीलाई निम्तो आयो, हाम्रो चाडमा उहाँहरुलाई बोलाउछौं ।’
 आयोजक किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले साँस्कृतिक टोलीलाई चासोकको कोसेली (तरेजा) खुवाएर शुभकामना आदानप्रदान गरेको थियो । पहिचानवादी आन्दोलन चर्किदा विभिन्न जातजाति एवं समुदायबीच दुरी बढेको जस्तो महसुस भएकोले सबै आदिबासीहरुलाई चासोकमा निम्ता दिएर सद्भाव बढाउन पहल गरेको चुम्लुङ नगरअध्यक्ष सुवास हुक्पा चोङवाङले बताए । ‘आन्दोलनको कारण विभिन्न जाति, समुदायबी दुरी बढेजस्तो भयो, त्यो दुरीलाई मेटाउन सबै जातजातिहरुको पहिचान झल्कने साँस्कृति प्रर्दशन गर्न निमन्त्रणा दियौं’–उनले भने–‘यसले आदिबासी जनजातिहरुमा एकता र सद्भाव पनि बढाउछ ।’
चासोक तङ्नाम समापन समारोहमा अग्रज तुम्याहाङ(वृद्धवृद्धा)हरुलाई सम्मान पनि गरिएको थियो । चुम्लुङ अध्यक्ष चोङवाङ र प्रमुख अतिथि एवं केन्द्रीय उपाध्यक्ष चन्द्रमाया लिम्बुले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेका थिए । उक्त समारोहमा पुर्वगोर्खा मेजर झप्तमान पारघरी खजुम, इन्द्रजीत वनेम, श्रवणकुमार लिम्बु, तानाहाङ लम्बु, लालबहादुर लुङ्फुङ्वा, प्रेम केदेम, तिलबिक्रम कन्दङ्वा, पञ्चबहादुर हुक्वा चोङवाङलगायतलाई सम्मान गरिएको थियो ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे