एकदिन अघि मात्र महिला बास्केटवलको क्षेत्रीय छनौट

धरान । सातौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटनको एक दिन अघि मात्र पुर्वाञ्चल महिला बास्केटवल टिमको क्षेत्रीय छनौट भएको छ । राष्ट्रिय खेलकुद परिषद र त्यसअन्र्तगतको क्षेत्रीय खेलकुद विकास समितिको लापरवाही तथा कमजोर व्यावस्थापनले सातौं शुरु हुनु एक दिन अघि बिहिबार मात्र धरानमा महिला बास्केटवल टिमको क्षेत्रीय छनौट भएको हो ।
 सातौंअन्र्तगत सबै खेलको क्षेत्रीय छनौट गत मंसिर ३० गते भित्र सम्पन्न भइसक्नु पर्ने थियो । साथै, पुष १ गतेदेखि अधिकांश खेलको बन्द प्रशिक्षण पनि भएको थियो । पुर्वको महिला बास्टेवल टिमले भने बन्द प्रशिक्षण विना नै राष्ट्रिय प्रतियोगिता खेल्नुपर्ने भएको छ । पुरुष बास्टेवलको छनौट भने एक साता अघि नै उदयपुरको गाइघाटमा भएको थियो । ती खेलाडीहरुलाई धरानमा बन्द प्रशिक्षणमा राखिएको थियो । अरु क्षेत्रका खेलाडीहरु प्रतियोगिताको लागि धरान आइसक्दा पुर्वको टिम भने बिहिबार भर्खर छनौट हुदै थियो । सातौंको औपचारिक उद्घाटन शुक्रबार विराटनगरमा राष्ट्रपतिद्धारा हुदैछ ।
नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाका अनुसार परिषदले बजेट कटौती गरेको कारण महिला बास्केटवलको छनौट नै अन्यौलमा परेको थियो । तर ३ दिन अघिमात्र बजेट छुट्टीएपछि महिला टिमको क्षेत्रीय छनौट बिहिबार गरिएको उनले बताए । ‘खासमा ३० गतेभित्रै क्षेत्रीय छनौट गर्नुपथ्र्यो र त्यसपछि बन्द प्रशिक्षणमा राख्नुपथ्र्यो । बजेट कटौती भएपछि ढिलाइ भयो’–उनले भने–‘छनौट त गरियो तर बन्द प्रशिक्षण विना नै महिला बास्टेवल टिम राष्ट्रिय प्रतियोगिता खेल्नुपर्ने भयो ।’ उनका अनुसार बिहिबारको क्षेत्रीय छनौटमा परिषदअन्र्तगत क्षेत्रीय खेलकुद विकास समितिको एक प्रतिनिधि छनौट समितिमा रहनुपर्ने थियो । तर, कोही पनि आइदिएनन् । संघका केन्द्रीय उपाध्यक्ष लामा, क्षेत्रीय प्रशिक्षक विकास राई र जिल्ला बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीको समितिले नै खेलाडी छनौट गरेको थियो ।
वन्द प्रशिक्षणविना नै राष्ट्रिय खेल खेल्नु पर्दा प्रशिक्षक तथा खेलाडीहरु निराश छन् । छनौटमा पुर्वको सुनसरी, इलाम र मोरङ जिल्लाको टिम भाग लिएको थियो । ती जिल्लाका खेलाडीहरु आफ्नै खर्चमा क्षेत्रीय छनौटमा सहभागी भएको महिला बास्टेवल टिमको सह प्रशिक्षक रोहन आचार्यले बताए । ‘पुरुष टिमको बन्द प्रशिक्षण भयो, तर महिला टिमलाई कुनै व्यवस्था गरिएन । यो त सरासर भेदभाव भयो’–आचार्यले गुनासो गर्दै भने–‘पुर्वाञ्चल टिममा फरक फरक जिल्लाका खेलाडी छन्, उनीहरुको आफ्नै खालको खेल्ने शैली र रणनीति हुन्छ । बन्द प्रशिक्षणमा नराख्दा खेलाडीहरुबीच तालमेल नै हुदैन ।’ बास्टेवकल प्रतियोगिता पुष ९ गतेदेखि डिपोट उच्चमाविको बास्टेवल कोर्टमा हुनेछ ।
पुर्वाञ्चल महिला बास्केटवल टिममा सबैभन्दा धेरै इलाम जिल्लाका खेलाडी परेका छन् । इलामबाट प्रकृति निरौला, मुना बुर्जा, दिलमाया राई, दिपा सुनुवार र आङ्छा राई छानिएका छन् भने सुनसरीबाट आशा राई, नुपुर झा, शैलेश्वरी शर्मा र दृष्य राई पुर्वाञ्चल टिममा परेका छन् । यस्तै, मोरङबाट रिना कार्की, फुर्वा शेर्पा र ऋर्षिका राजवंशी पनि छनौटमा परेका छन् । महिला टिमको प्रशिक्षकमा सरोज लम्साल छन् भने सहायकमा रोहन आचार्य छन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे