‘धरानमा इलाम’ शुरु


धरान । इलामको पर्यटन प्रर्वद्धन एवं कृर्षि उत्पादनको बजारीकरण गर्ने उद्देश्यले शनिबारदेखि धरानमा प्रर्वद्धनात्मक धरानमा इलाम कार्यक्रम शुरु भएको छ । इलाम जन्मथलो भएका इलामेहरुको संस्था इलामेली समाज सुनसरी–मोरङले आयोजना गरेको कार्यक्रमको उद्घाटन पुर्वप्रधानमन्त्री झलनाथ खनालले गरेका थिए ।
पौरखी इलामको दोस्रो सँस्करणअन्र्तगत भएको कार्यक्रम इलामको पर्यटन प्रर्वद्धन र कृर्षि उत्पादनको प्रर्दशनीमा मात्र भने सिमित छैन । धरान र इलामलाई आर्थिक, साँस्कृतिक, राजनीतिक, साहित्यक लगायत हरेक पक्षबाट जोड्ने आयोजकको पुर्वउद्घोष अनुरुप उद्घाटन समारोह आयोजना गरिएको थियो । छाताचोकमा आयोजित उद्घाटन समारोहमा धरान र इलामका नेता, पर्यटनकर्मी, व्यावसायीहरुले पर्यटन तथा आर्थिक विकाससँग सम्बन्धित भएर मन्तव्य राखे भने बीचबीचमा धरान र इलामको साँस्कृतिक झाँकीहरु पनि प्रर्दशन गरेर साँस्कृतिकरुपमा पनि सम्बन्धलाई कसिलो बनाए ।
पुर्वप्रधानमन्त्री खनाल, पुर्वसभामुख सुवास नेम्बाङले सम्बोधन गरेको समारोहमा नेता कुलबहादुर गुरुङलाई सम्मान गरिएको थियो । उद्घाटन समारोहलगत्तै शुरु भएको सांगीतिक कार्यक्रममा गायक गणेश रसिक, याम वराल, कुवेर राईलगायत गायकहरुको प्रस्तुतीले पनि धरान र इलामलाई जोड्ने काम ग¥यो । आइतबार सोही स्थानमा साहित्य गोष्ठी पनि हुदैछ । प्रर्दशनीस्थलमा इलामको पर्यटकीय गन्तव्यहरुको फोटोसहित सम्पुर्ण जानकारीहरु राखिएको छ भने इलामको कृर्षिजन्य, दुग्धजन्य उत्पादन तथा चियाका स्टलहरु छन् । इलामको कन्याम, श्रीअन्तु, सुन्दकपुर, माइपोखरीलगायत प्रमुख १५ वटा पर्यटकीय गन्तव्यहरुबारे जानकारी दिने फोटोसहित स्टल राखिएको छ ।
यस्तै, श्रीअन्तु, वालङ गाउँ र बरबरेमा रहेको होमस्टेको पनि जानकारी पाइनेछ । जिविस इलामको सुचना केन्द्र, इलामका ट्राभल एजेन्सीहरु पनि स्टलमा इलामको पर्यटनबारे जानकारी दिन बसेका छन् । इलाको कृर्षिजन्य उत्पादन खरीद गर्न धरानेहरुको भीड लागेको थियो भने पर्यटकीय गन्तव्यहरुको जानकारी लिदै सुन्दर तस्बीरहरु अवलोकन गर्नेहरुको पनि घुइचो थियो । ‘यो कार्यक्रमले इलामको पर्यटन प्रर्वद्धन मात्र गर्दैन, धरान र इलामलाई धार्मिक, साँस्कृतिक, आर्थिक, राजनीतिकरुपमा पनि जोड्नेछ’–समाजका सचिव रविन गौतमले भने । कार्यक्रमअवधिभर ५० हजारले प्रर्दशनी अवलोकन गर्ने र १२ लाख बराबरको कृर्षिजन्य उत्पादन बिक्री हुने आयोजकको अपेक्षा छ ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे