फुटबलको सेमीफाइनल समीकरण पुरा(फोटोफिचर)

धरान । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत पुरुष फुटबलको सेमीफाइनल समीकरण पुरा भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा मंगलबार समुह ‘ख’ अन्र्तगत त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गोलरहित बराबरी खेल्दै सेमीफाइनल प्रवेश गरेपछि समीकरण पुरा भएको हो ।
समुह ‘ख’बाट आर्मीले ७ अंकसहित समुह विजेता बनेर अन्तिम चारमा स्थान पक्का ग¥यो भने ५ अंक जोडेको एपिएफ उपविजेता हुदै सेमीफाइलन पुग्यो । समुह ‘क’ विजेता हुदै नेपाल पुलिस क्लब र मध्यमाञ्चल क्षेत्र उपविजेता हुदै यसअघि नै सेमीफाइनल पुगिसकेको छ । आर्मीले लिग चरणको तीन खेलमध्ये २ मा जित र एक खेलमा बराबरी खेल्दै कुल ७ अंक जोड्यो । सशस्त्रले भने एक खेलमा जित र २ मा बराबरी खेलेको थियो । मंगलबार आर्मीसँगको खेलमा बराबरी मात्र खेलेपनि सशस्त्रलाई सेमीफाइनल यात्रा सहज थियो ।
मंगलबार नै भएको लिगचरणको अन्तिम खेलमा सुदुरपश्चिमाञ्चल क्षेत्रले मध्यमाञ्चल क्षेत्रलाई २–१ ले पराजित गरेपनि प्रतियोगिताबाट दुवै टोली बाहिरियो । सुदुरपश्चिमको लागि मनिराम चौधरीले दोस्रो हाफको ५१ र ७९ औं मिनेटमा गोल गरेका थिए भने मध्यपश्चिमाञ्लका विजयसिं ठकुरीले ६९ मिनेटमा एक गोल गरेका थिए । एक खेलमा जित, एकमा बराबरी र एकमा हारेको सुदुरपश्चिमको कुल अंक ४ मात्र थियो भने एक खेल पनि नजितेको मध्यमाञ्चल अंकविहिन हुदै घर फर्कियो । बुधबार समुह ‘क’को विजेता पुलिसले समुह ‘ख’को उपविजेता सशस्त्रसँग पहिलो सेमीफाइनल खेल्नेछ भने समुह ‘ख’को विजेता आर्मी र समुह ‘क’को उपविजेता मध्यमाञ्चलबीच दोस्रो खेल हुनेछ ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे