धरानमा नयाँ प्याराग्लाइडिङ कम्पनी, सोमबारदेखि व्यावसायिक उडान गर्ने
धरान । साहसिक खेल पर्यटनअन्र्तगतमा पर्ने प्याराग्लाइडिङको धरानमा व्यावसायिक शुरुवात गर्न नयाँ कम्पनी थपिएको छ । बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले धरानमा व्यावसायिकरुपमा प्याराग्लाइडिङ गर्न सरकार तथा नागरिक उड्यान प्राधिकरणबाट सबै प्रक्रिया पुरा गरी अनुमति लिएको हो ।
प्रालिले यही सोमबार(मंसिर २७ गते)देखि व्यावसायिकरुपमा टेण्डम उडान शुरु गर्ने जनाएको छ । ‘टेण्डम उडानको लागि मन्त्रालय र प्राधिकरणबाट लिनुपर्ने सबै अनुमति र प्रक्रिया पुरा भइसकेको छ, अब सोमबारदेखि व्यावसायिक उडान शुरुवात गछौं’–बिहिबार पत्रकार सम्मेलन गर्दै प्रालिका अध्यक्ष लेखमणी जिमीले भने–‘उद्घाटनको मौकमा तीन दिन पर्यटकहरुलाई सहुलियतमा उडाउछौं ।’ उनका अनुसार प्राधिकरणबाट इजाजत पत्र र सेफ्टी डिपार्टबाट ‘रिक्रिएस्नल एयर अपरेसन सर्टिफिकेट’ पनि पाएपछि उडान गर्ने बाटो खुलेको हो ।
धरानमा व्यावसायिकरुपमा प्याराग्लाइडिङ गर्ने कम्पनी बुढासुब्बा दोस्रो हो । धरानमा प्याराग्लाइडिङको पहिलो पटक उडान परीक्षण र पुर्वाधार तयारी गर्ने पाइलटहरु मिलेर नै बुढासुब्बा कम्पनी खोलेका हुन् । आफुहरु पुर्वाधार तयारमा केन्द्रीत भएको र अनुमति प्रक्रिया लम्बिएकोले व्यावसायिक उडानमा ढिलाई भएको अध्यक्ष जिमीको भनाई छ । धरानमा यसअघि स्काई एड्भेञ्चरले धरान २० छोटीमोरङबाट व्यावसायिक प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु गरिसकेको छ । प्रालिले धरान २४ चिण्डे(रमिते) डाँडाबाट टेकअफ गर्नेछ भने ल्याण्डिङस्थल धरान १७ सर्दु किनारमा तयार गरेको छ । गत चैतमा माउण्टेन स्पोर्ट्स फेण्टिवलअन्र्तगतको प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिप पनि सोही स्थानमा भएको थियो । बुढासुब्बाले पाँच जना टेण्डम पाइलटको अनुमति पाएको छ ।
उद्घाटन अवसरमा २७, २८ र २९ गते बिशेष सहुलियतमा पर्यटकहरुलाई ४ हजार ९ सय ९९ मा उडाइनेछ भने त्यसपछि उडान शुल्क ५ हजर ५ सय र थप १३ प्रतिशत भ्याट जोडिने प्रालिका मार्केटिङ डाइरेक्टर राम राईले बताए । ‘यो शुल्कमा आधा घण्टाको उडान र टेकअफ पु¥याउने, ल्याण्डिङबाट ल्याउने यातायात सुविधा पनि हुन्छ’–उनले भने–‘हरेक दिन फ्लाइट गराउने गरी मार्केटिङमा लागेका छौं, उत्तर चीन र भारतसँगको रोड जोडियो भने अबको ५ बर्षभित्र पुर्वको पर्यटनले धेरै फड्को मार्नेछ ।’ आन्तरिक पर्यटकहरुलाई उडानमा आकर्षित गर्न नियमितरुपमा सोलो फ्लाइट गरिरहने उनले बताए ।
प्रालिको टेकअफ स्थल चिण्डे डाँडा पर्यटकीय गन्तव्य पनि हो । त्यहाँ दैनिकरुपमा सय भन्दा बढी धराने तथा अन्तरिक पर्यटकहरु पदयात्रा गर्दै पुग्ने गर्छन् । त्यहाँबाट देखिने धरानको सुन्दर दृष्य प्रमुख आकर्षण हो । प्याराग्लाइडिङको व्यावसायिक शुरुवात हुदा तिनै पर्यटकहरुलाई आकर्षित गर्न सकिने प्रालिले आशा लिएको छ । प्रालिले भविष्यमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गर्ने उद्देश्यले ३ ठाउँमा टेकअफ स्थल पनि निर्माण गरिसकेको छ ।

Comments
Post a Comment