चासोकमा गुञ्जियो पालाम र हाक्पारे


सेक्मुरी फुङ्सो फुङवामा ए
लुङ्मासो पेहिम लुङ्वामा ए...।
सोमबार धरान १५ स्थित चुम्लुङ हिम परिसरमा चित्र वनेम पालाम गाइरहेका थिए । उनले गाएको पालामको अर्थ सबैले नबुझे पनि चासोक तङ्नाम उत्सवस्थलमा लिम्बु समुदाय र गैरलिम्बुहरुको पनि बाक्लै उपस्थिति थियो । पुर्वी नेपालका प्रकृति पुजक लिम्बु जातिको उधौली चाड चासोक तङ्नाम साँस्कृतिक उत्सवमा सोमबार पालाम मात्र गुञ्जिएन, हाक्पारे र ख्याली पनि गुञ्जियो । यी सबै लिम्बु जातिको मौलिक सँस्कृति र साहित्य पनि हो । चासोक तङ्नाम उत्सव लोपोन्मुक यिनै मौलिक सँस्कृति, भाषा र साहित्यको संरक्षण, जर्गेना गर्न किरात याक्थुङ चुम्लुङले बर्षेनी आयोजना गर्छ ।
चुम्लुङ नगर अध्यक्ष सुवास हुक्पा चोङवाङका अनुसार केलाङ(च्याब्रुङ) नाचलाई युवा पुस्ताले सजिलै ग्रहण गरेपनि पालाम, हाक्पारे, ख्यालीलाई उनीहरुले ग्रहण गर्न सकिरहेका छैनन् । हाक्पारे, ख्याली र दोहा त झन सुन्न पाइनै छोडेको छ । लिम्बु सँस्कृति धान नाच्न पालाम गाउनुपर्छ । तर, पछिल्लो युवा पुस्ताले जान्दैनन् । किनभने, पालाम, हाक्पारे र ख्यालीमा भाषा, मुन्धुमी साहित्यको पनि प्रयोग हुन्छ । नयाँ पुस्ताले ती भाषा र शब्दको भाव बुझ्न सक्दैनन् । ‘युवा पुस्ता धान नाच मन पराउछन्, तर पालाम जान्दैनन् । पालाम, हाक्पारे र ख्यालीमा प्रयोग हुने भाषा, साहित्य नबुझेर पुस्ताहस्तान्तरण हुन सकेको छैन’–अध्यक्ष चोङ्वाङ भन्छन्–‘अचेल पालाम, हाक्पारे त सुन्नै पाइदैन । च्याब्रुङमा साहित्य, भाषा नचाहिने र नाच्नुमात्र पर्ने हुदा युवा पुस्ताले सजिलै ग्रहण गरे ।’ आफ्नो मौलिक सँस्कृति, भाषा र साहित्यलाई पनि जीवीत बचाईराख्न चासोकमा पालाम, हाक्पारे र ख्याली प्रस्तुत गरिएको उनले बताए ।
चुम्लुङका पुर्व केन्द्रीय सचिव गजेन्द्र इस्पोका अनुसार तरुनी तन्नेरीहरुले माया पिरतीको कुरा साटासाट गर्दै पालाम गाउदै धान नाचिन्छ । धान नाचको शुरुवात भने पुर्खाहरुले खुट्टाले धान माड्दै गर्दा धान खान आउने चरा धपाउन निकालेको आवाजबाट भएको मानिन्छ । पछि सोल्टा सोल्टीनीहरु भेला भई धान माड्न थालेको र विस्तारै मायापिरतीको गीत गाउदै नाच्ने चलनको शुरुवात भएको इस्पोले बताए । ‘हाक्पारे चै मुन्धुमी कुराहरुबाट बसेर वेदना कहने, शुभकार्यहरुमा शुभकामना दिने गरिन्छ । ख्याली ख्यालठट्टा जस्तै हो तर लयवद्धरुपमा साइनो सम्बन्ध केलाउने, बोल्ने भन्ने चलन हो’–इस्पोले भने ।
चासोक उत्सवमा सोमबार दिउँसो थक्लुङ समाज र फागो चोङवाङ समाजले केलाङ(च्याबु्रङ) प्रर्दशनी पनि गरेको थियो भने राती मुन्धुम तङसिङ अनुष्ठान पनि गरिएको थियो । चासोक अवाधिभर ऐतिहासिक फोटो प्रर्दशनी हुनेछ भने लिम्बु जातिको परम्परागत भेषभुषा प्रर्दशनी, केलाङ प्रर्दशनी र साँस्कृतिक, सांगीतिक कार्यक्रमहरु पनि भइरहने आयोकजले जनाएको छ । उधौली अर्थात चासोक तङ्नामलाई लिम्बु जातिले आफ्नो प्रमुख चाडकोरुपमा मनाउदै आएको छ । परम्परादेखि नै आआप्m्नो घरमा मनाउदै आएको चासोक पछिल्लो समय भने सामुहिकरुपमा मनाउन थालेपछि सामाजिक महत्व बढेको चुम्लुङ अध्यक्ष चोङवाङको भनाई छ ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे