रोल्पाबाट कविता सुनाउन धरान
गएको शनिबार धरान १८ स्थित स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालयमा २६ औं राष्ट्रिय कविता महोत्सव हुदै थियो । उद्घोषकले उत्कृष्ट २० मा छानिएका पश्चिम रोल्पाका कविलाई बोलाए । रोल्पा जिल्लाको नाम सुन्नेबित्तिकै पुर्वेली कवि तथा साहित्य पारखीहरुले भरिएको हल ताली र हुटिङले गुञ्जियो ।
ती कवि थिए, रोल्पाको जेलबाङ ९ का २३ बर्षीय युवा कवि विष्णु पुन मगर ‘सन्यास’। रोल्पाको नाम लिनेबित्तिकै मानसपटलमा एक दशक लामो माओवादी जनयुद्धको झझल्को आउछ । ताली र हुटिङको अर्थ बुझेरै हुनुपर्छ, उनले कविता वाचनअघि स्पष्टीकरण दिए,–‘म कामरेडहरुको गाउँबाट आएको हो, तर कामरेड होइन ।’ उनको कविता ‘आन्दोलनमा ईश्वरहरु’ वाचन भइरहदा हलमा सन्नटा छायो । घरीघरी हलमा वाह ! वाह !! को आवाज पनि गुञ्जिन्थ्यो ।
कुनै बेला माओवादी जनयुद्धको केन्द्रविन्दु रोल्पाका युवा सुदुरपुर्वमा कविता वाचन गर्न आइपुग्नु पुर्वेली स्रष्टाहरुको निम्ति सुखद थियो । त्यसमाथि, कविता महोत्सवमा उनको कविता प्रथम भयो । पुनले नगद २० हजार पनि हात पारे । देश–विदेशबाट प्राप्त २ सय हराहारी कविता मध्ये सबैभन्दा अब्बल दरिनु सामान्य होइन । लामो समय द्धन्दको चक्रब्युँहमा फसेको रोल्पा र त्यहाँको साहित्य सृर्जनाले विस्तारै फराकिलो आकाश खोजीरहेको प्रमाण पनि थियो । कविता महोत्सवमा विष्णुसँगै रोल्पाबाटै युवा कवि दिलिप कुँवर र याम बहादुर पुनः ‘नौलोदिप ’ पनि सहभागी थिए । उनीहरुको कविता पनि उत्कृष्ट २० मा छानिएको थियो ।
जनयुद्धकालमा रोल्पा माओवादीको प्रमुख गढ मानिन्थ्यो । त्यही भएर सत्ता(सेना)को सधै निशानामा हुन्थ्यो रोल्पा । सेना गाउँ पस्यो कि सर्वसाधारण रोल्पालीहरु जंगल पस्थे । सेना फर्केपछि भने माओवादी गाउँ पस्थे । सदरमुकामबाट गाउँ र गाउँबाट सदरमुकाम जान पनि नसक्ने त्यो बेला रोल्पाली साहित्य र स्रष्टाहरु गुमनाम बने । गाउँतिर ‘विद्रोही’ भनिएकाहरुको राजनीतिक नारा जस्तै क्रान्तिकारी गीत, सृर्जनाहरु मात्र गुञ्जियो । ‘रोल्पाको भनेपछि ढुंगा माटो पनि माओवादी हुन् भन्ने बुझाई छ’–द्धन्दकालमा सबैभन्दा धेरै शहीद भएको गाउँ जेलवाङका वासिन्दा कवि विष्णु सन्यासले भने–‘प्रेमबारे कविता लेख्नु अपराध हो भन्ने सोच छ, तर हामीले जीवन लेख्ने हो । जीवनभित्र प्रेम, यौन, क्रान्ति सबै पर्छ । एकोहोरो क्रान्तिको कुरा मात्र लेख्दैनौं ।’ द्धन्दकालमा उनको गाउँका मात्र ७३ जना शहीद भएका थिए । हाल उनी शिक्षण पेशामा छन् ।
उनी रोल्पा मात्रै बसेका भए जीवनको कविता लेख्न सक्ने थिएनन् । पाँच बर्षअघि स्नातक अध्ययन गर्न दाङ झरे पछि मात्र उनको अध्ययन र ज्ञानको दायरा फराकिलो भयो । तब उनीसहितका युवा मिलेर कलेज कविता अभियान शुरु गरे । अहिले भने रोल्पामा राप्ती साहित्य परिषद र ललित साहित्य परिषद पनि सक्रिय छ । पछिल्लो दशकमा आफ्नो जिल्ला(रोल्पा) नाघेर कविता सुनाउन हिड्नेमा विष्णु, दिलिप र याम मात्र हुन् ।
‘द्धन्दकालभरि रोल्पाको साहित्य शुन्य भयो, लेख्ने कामै भएन । क्रान्तिकारी चिन्तन र सृर्जनाले गाँज्यो, अरु त लेख्ने कुरै भएन’–पत्रकारसमेत रहेका कवि कुँवरले भने–‘तर, अहिलेका युवाहरुको साहित्यिक धार फेरिएको छ ।’ उनका अनुसार २०५२ सालपछि रोल्पामा भुमिगतरुपमा क्रान्तिका सृर्जनाहरु मात्र भए । २०६३ मंसिर ५ मा वृहत शान्ति सम्झौता भएपछि खुलारुपमा साहित्य लेखिन थाले, तर ती पनि अतिक्रान्तिकारी मात्र हुन्थे । समकालीन साहित्यमा कलम चलाउन कसैले आँट गरेनन् । त्यसो गर्नु अपराध झै हुन्थ्यो । त्यो क्रम २०६७ सालसम्म चल्यो । त्यसपछि भने फरक धारमा साहित्य सृर्जना गर्र्ने युवाहरु निस्कन थाले । ‘हामी युद्धलाई मात्र फर्केर हेर्दैनौं, अगाडि बढेर स्वतन्त्रढंगले लेख्छौं’–कुँवर भन्छन् ।
याम नौलोदिपका अनुसार रोल्पाको साहित्यमा ३ धार छ । पहिलो माक्र्सवादी धार, दोस्रो पुरातन सोच र तेस्रोमा युवाहरुको स्वतन्त्र धार छ । ‘तेस्रो धार युवाहरुको छ, जसको नेतृत्व विष्णु सन्यासहरुले गरिरहेका छन्तर यो धार समाउनेको संख्या भने सानो छ’–उनी भन्छन् । रोल्पाको विकट झेनाम गाविस २ का उनी गाउँमै बसेर लेख्छन् । संख्याका हिसाबले रोल्पा साहित्यमा अघि छ । तर, स्तरीयताको हिसाबले कमजोर भएको विष्णु सन्यासको ठम्याइ छ । यसको कारणमा रोल्पालीहरु आफ्नो ठाउँमै सिमित हुनु पनि मुख्य भएको उनी बताउछन् । ‘साहित्यमा रोल्पा समृद्ध हुने सम्भावना छ, तर रोल्पा नाघेर दाङ पनि ओर्लन सकेका छैनौं, त्यसैले स्तरीयताको कमी छ’–उनले भने–‘साहित्यका परिचित नाम टिकाराम उदासी, नविन विभास पनि रोल्पाकै हुन्, तर उहाँहरु पनि दाङ झरेपछि मात्र स्थापित हुन सकेका हुन् ।’

Comments
Post a Comment