मध्यपश्चिममा भेट्ने वाचासहित सातौं खेलकुदको समापन(फोटोफिचर)

धरान । अबको दुई बर्षपछि २०७५ सालमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चल क्षेत्रमा आयोजना गर्ने प्रतिवद्धतासहित पुर्वाञ्चलमा आयोजित सातौं राष्ट्रिय खेलकुद शुक्रबार समापन भएको छ ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा आयोजित भव्य समापन समारोहमा आठौं खेलकुद मध्यपश्चिममा गर्ने घोषणा गरिएको थियो । उक्त घोषणासँगै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले आठौं खेलकुदको आयोजक क्षेत्रलाई झण्डा हस्तान्तरण पनि गरे । आठौंसँगै त्यसको २ बर्षपछि २०७७ सालमा हुने नवौं खेलकुदको आयोजना स्थलको पनि सातौंको समापन समारोहमा नै घोषणा गरिएको थियो । नवौं राष्ट्रिय खेलकुद पश्चिमाञ्चल क्षेत्रमा आयोजना गर्ने निर्णय भएको परिषदले जानकारी दियो ।
यद्यपी, आठौं खेलकुदको आयोजनास्थल मध्यपश्चिमलाई घोषणा गरिरहदा पश्चिमाञ्चल क्षेत्रले भने तीब्र असन्तुष्टी जनायो । आठौं खेलकुद आयोजना पालो पश्चिमाञ्चल क्षेत्रको थियो । खेलकुद मन्त्रीले आफ्नो क्षेत्रमा दबाब दिएर आठौं खेलकुद गर्ने निर्णय भएको भन्दै पश्चिमाञ्चल क्षेत्र आक्रोशित बनेको थियो । समापन समारोहसँगै सातौं अन्र्तगतको पुरुष फुटबलको फाइनल खेल पनि सञ्चालन भएको थियो । फाइनल खेलमा सशस्त्र प्रहरी वलको एपिएफ क्लबले नेपाल आमीलाई २–० गोलअन्तरले पराजित ग¥यो । एपिएफको जितमा अञ्जन विष्टले दुवै गोल गरेका थिए । आर्मीले रजत पदकमा चित्त बुझायो भने पुलिस क्लबले कास्य पदक हात पा¥यो ।
समापन समारोहका प्रमुख अतिथि एवं उपराष्ट्रपति नन्दबहादुर पुन, युवा तथा खेलकुद मन्त्री दलजीत बिकश्रीपाली र सदस्य सचिव केशवकुमार विष्टले सम्बोधन गरेका थिए । समापन समारोहमा विभिन्न स्कुलका विद्यार्थीले जातीय पहिरनमा साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने नेपाली सेनाले खुकुरी नृत्य प्रस्तुत गरेको थियो । साथै, खेलाडीहरुले मार्च पास पनि गरेका थिए । सबैभन्दा धेरै स्वर्णसहित पदक तालिकामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेको क्रमशः नेपाल आर्मी, सशस्त्र र नेपाल प्रहरीलाई सातौं खेलकुदको ट्रफी पनि वितरण गरिएको थियो । पुष ८ गते विराटनगरमा उद्घाटन भएको सातौं राष्ट्रिय खेलकुद शुक्रबार धरानमा औपचारिकरुपमा समापन भएको हो ।


























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे