बास्केटवलमा आर्मीलाई स्वर्ण
धरान । सातौं वृहत राष्ट्रिय खेलकुदअन्र्तगतको पुरुषत बास्केटवल प्रतियोगितामा नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । धरान १८ स्थित डिपोट उच्च माविको बास्केटबल कोर्टमा बुधबार सम्पन्न फाइनलमा मध्यमाञ्चल क्षेत्रलाई ८३–७० स्कोरले हराउदै स्वर्ण जितेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो क्वार्ट २४–१६ ले अग्रता लिएपनि दोस्रो क्वार्टरमा मध्यमाञ्चलले पुनरागमन जनाउदै आर्मीविरुद्ध २२–१९ स्कोर खेल्यो । तर, तेस्रो र चौथो क्वार्टरमा आर्मीले क्रमशः २०–१५ र २०–१७ स्कोरले अग्रता लिदै स्वर्ण पदक जित्यो । उपविजेता बनेको मध्यमाञ्चलले रजत पदकमा चित्त बुझाएको छ ।
बुधबार नै भएको तेस्रो स्थानको खेलमा पुर्वाञ्चललाई ८२–७४ स्कोरले हराउदै पश्चिमाञ्चल क्षेत्रले काँस्य पदक जित्यो । पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरको खेलमा दुवै टोलीको समान ६८–६८ स्कोर भएपछि थप एक क्वार्टर खेलाइएको थियो । थप खेलाइएको क्वार्टरमा पश्चिमाञ्चलले १४ स्कोर गर्दा पुर्वाञ्चल भने ६ स्कोरमा नै सिमित भयो । त्यसअघिको पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा भने क्रमशः पश्चिमाञ्चलले २२,१९,१४ र १३ स्कोर गरेको थियो भने पूर्वाञ्चलले क्रमश ः १३, १८, १८ र १९ स्कोर गरेको थियो ।
प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई नेपाल बास्केटबल संंघका केन्द्रीय अध्यक्ष लामा तेन्जी शेर्पा, केन्द्रीय उपाध्यक्ष सुरज लामा, जिल्ला बास्केटबल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदी लगायतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए । महिलातर्फको बास्केटवलमा भने मध्यमाञ्चल क्षेत्रले स्वर्ण, आर्मीले रजत र मध्यपश्मिाञ्चल क्षेत्रले कास्य पदक जितिसकेको छ ।

Comments
Post a Comment