उसुको क्वार्टरफाइनल खेल सकियो


फुल कन्ट्राक्ट कराते पनि जारी
सातौं राष्ट्रिय खेलकुदअन्र्तगत धरानमा जारी फुल कन्ट्राक्ट कराते प्रतियोगितामा आइतबार पुरुष तर्फको सेमीफाइनल र महिलातर्फको क्वार्टरफाइनल खेलहरु सकिएको छ ।नकआउट आधारमा धरान १६ स्थित सेमी कबर्डहलमा भएको खेलमा पुरुष ६० केजीतर्फ पुर्वाञ्चलका गोपाललाल सिंह फाइनलमा पुग्दा अर्का खेलाडीको निर्णयमा विवाद भएर निर्णय हुन सकेको छैन । यस्तै, ५० केजी तौलमुनि सशस्त्र प्रहरीका सञ्जय राई र सुदुरपश्चिमाञ्लका सुमित कुमार रोकाया फाइनल पुगेका छन् भने ५५ केजी तौल मुनि सशस्त्रका निकेश महर्जन र मध्यमाञ्चलबाट बिनोद थापा फाइनल पुगेका छन् । यसैगरि, ४० केजी तौल मुनि मध्यपश्चिमाञ्चलका राजबन गोसाई र सुदुरपश्चिमाञ्चलका पुस्कर थापा फाइनल पुगे । पुरुष खुल्लातर्फको खेलमा भने सशस्त्र प्रहरीका रुपक नेपाली, मध्यमाञ्चलका तिर्थमार चिढिमार, नेपाल आर्मीका सनिसिंह सुनुवार र मध्यमाञ्चलमा रविन नेपाल सेमीफाइनल प्रवेश गरेका छन् ।
महिला तर्फ भने आइतबार क्वार्टरफाईनल चरणको खेल मात्र सकिएको छ । नेपाल आर्मीकी मञ्जु विक, पश्चिमाञ्चलकी सुस्मी श्रेष्ठ, सुदुरपश्चिमाञ्चलकी हरिना साउद र मध्यपश्चिमाञ्चलबाट सपना गन्धर्व सेमीफाइनल प्रवेश गरेका छन् । यस्तै, ५५ केजीतर्फ पश्चिमाञ्चलकी सुनिता गुरुङ, नेपाल प्रहरीकी मनिषा लामा, मध्यमाञ्चल क्षेत्रकी सबिता श्रेष्ठ र नेपाल आर्मीकी अम्बीका भुजेल पनि सेमीफाइनल पुगिन् । साथै, ५० केजी तर्फ नेपाल प्रहरीकी सुजता राई, सशस्त्रकी दिपा शाही, मध्यमाञ्चलकी निर्मला लो र सुदुरपश्चिमाञ्चलकी बिमला बुढा सेमीफाइनल पुगिन् ।
Comments
Post a Comment