महिला बास्केटबलको स्वर्ण मध्यमाञ्चललाई

धरान । सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबल प्रतियोगितामा  मध्यमाञ्चल क्षेत्रले स्वर्ण पदक जितेको छ । धरान १८ स्थित डिपो उच्चमाविको बास्केटबल कोर्टमा सोमबार सम्पन्न फाइनलमा विभागीय टोली नेपाल आर्मीलाई ४०–२७ स्कोरले हराउँदै मध्यमाञ्चलले स्वर्ण जितेको हो ।
खेलमा मध्यमाञ्चलले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा क्रमशः २, ७, ११ र २० स्कोर गरेको थियो भने आर्मीले क्रमशः ११, ६, ३ र ७ स्कोर मात्र गर्न सक्यो । फाइनलमा पराजित आर्मीले रजत पदकमा चित्त बुझायो ।  तेस्रो स्थानको लागि भएको खेलमा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चललाई ३४–७ स्कोरले हराउँदै कास्य पदक हात पारेको छ । मध्यपश्चिमले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा क्रमशः ११,१०,११ र २ स्कोर ग¥यो भने पुर्वाञ्चल क्रमशः २,२,० र ३ स्कोरमा सिमित भएको थियो । विजेता टिमहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल बास्केटवल संघका अध्यक्ष एवं राखेपका उपाध्यक्ष टेन्डी शेर्पा, संघका केन्द्रीय उपाध्यक्ष सुरज लामालगायतले मेडल, प्रमाण पत्र तथा ट्रफी प्रदान गरेका थिए ।

पुरुषको फाइनलमा आर्मी र मध्यमाञ्चल भिड्दै

 सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा स्वर्ण पदकको लािग विभागीय टिम नेपाल आर्मी र मध्यमाञ्चल क्षेत्रबीच बुधबार भिडन्त हुदैछ । डिपो उच्चमाविको कोर्टमा मंगलबार सम्पन्न सेमीफाइनलमा आर्मीले पूर्वाञ्चल क्षेत्रलाई १०५–७० स्कोरले हराउदै फाइनल पुग्यो भने अर्को खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चल क्षेत्रलाई ९९–८१ स्कोरले हराउदै फाइनलमा आर्मीसँगको भेट पक्का ग¥यो ।
पहिलो खेलमा आर्मीले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा पुर्वाञ्चललाई क्रमशः ३३–१३, २८–१९, १७–२० र २७–१८ स्कोरले हरायो । अर्को खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा क्रमशः २०–१८, २५–१४, २७–२५ र २७–२४ स्कोरले हरायो । बुधबारनै काँस्य पदकको पुर्वाञ्चल र पश्चिमाञ्चल क्षेत्रबीच खेल हुनेछ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे