फाइनलमा आर्मी र एपिएफको भेट(फोटोफिचर)

धरान । नेपाल आर्मी सातांै राष्ट्रिय खेलकुदअन्र्तगतको पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहिबार मध्यमाञ्चल क्षेत्रलाई सडन डेथमा ७–६ गोलअन्तरले हराउदै आर्मीले अर्को विभागीय टोली एपिएफसँग फाइनलमा भेट पक्का गरेको हो ।
बुधबार एपिएफले नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २–० ले हराउदै फाइनल यात्रा गरिसकेको छ । आर्मी र मध्यमाञ्चल क्षेत्रबीच बुधबार नै भएको ९० मिनेटको निर्धारित समय र थप ३० मिनेटको खेलमा निर्णायक गोल हुन नसकेपछि अनिर्णित बनेको खेलको बिहिबार टाइब्रेकरबाट छिनोफानो भएको हो । बिहिबार भएको टाइब्रेकरमा आर्मीका राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठको पहिलो प्रहार नै मध्यमाञ्चलका गोलकिपर दिपेश यादवले रोकेका थिए । आर्मीका जितेन्द्र कार्की, दिपक गुरुङ, सुमन अर्याल र किपर विकेस कुथुले गोल गरे । मध्यमाञ्चलका सञ्जिव कार्कीको पहिलो प्रहार गोलमा परिणत भएपनि यरिक विष्टको दोस्रो प्रहार पोलमा ठोक्किएर बाहिरिएको थियो । कुलदिप कार्की, सन्तोष सिहं र आदित्य शाक्यको प्रहार गोलमा परिणत भयो ।
टाइब्रेकरमा पनि बराबर भएपछि खेलको छिनोफानो सडन डेथबाट भएको थियो । सडन डेथमा आर्मीका दिप लामा, पदम तामाङ र राजु तामाङले गोल गरे भने मध्यमाञ्चलका निरबहादुर आले, दिपेश हेन्जनले मात्र गोल गरे । निर्णायक प्रहारमा जितबहादुर मगर गोल गर्न चुकेपछि आर्मीले फाइनल यात्रा तय ग¥यो । जितबहादुरको प्रहार गोलकिपर विकेस कुथुले रोकेका थिए । खेलको म्यान अफ दि म्याच मध्यमाञ्चलका श्याम बाबु क्याप्छाकी मगर घोषित भए । उनलाई सेनाका खेलकुद विभाग प्रमुख तथा प्रमुख सेनानी रामकाजी राना मगरले नगद ५ हजार र ट्रफी प्रदान गरे ।
आर्मी र मध्यमाञ्चलबीच बुधबारको निर्धारित र अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरतर्फ धकेलिएको खेल समय अभावको कारण अनिर्णित अवस्थामा नै स्थगित गर्नुपरेको थियो । आर्मीले अध्यारो भएको भन्दै टाइब्रेकर खेल्न अस्वीकार गर्दै बिहिबार पुनः पुरा ९० मिनेटको खेल खेल्नुपर्ने माग गरेको थियो । तर, आयोजक र मध्याञ्चलको अडानको कारण बिहिबार सिधै टाइब्रेकरबाट नै खेलको छिनोफानो भएको हो ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे