पुर्वाञ्चल छनौट प्रतियोगिता खेल्नबाट खेलाडी नै बञ्चित
धरान । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप शुरु भएको क्षेत्रीय छनौट प्रतियोगिताअन्र्तगत मंगलबारदेखि धरानमा शुरु भएको फुलकन्ट्रयाक करातेको छनौट खेलमा पुर्वका दुई जिल्लाका खेलाडी सहभागी हुनबाट बञ्चित भएका छन् । धरान १३ स्थित अमर सेवा समाज बहुउद्देश्यीय सामुदायिक भवनमा आयोजित छनौट प्रतियोगितामा ओखलढुंगाका खुल्लातर्फका खेलाडी विनोद निरौला र सप्तरीका ६० तौलका खेलाडी तेजकान्त कुमार चौधरी खेल्नबाट बञ्चित भएका हुन् ।
खेलाडीले नै खेल्न नपाएपछि फुलकन्ट्रयाक कराते महासंघले प्रमुख रेफ्रीको जिम्मेवारीमा पठाएका धनञ्जय मिश्रले पनि प्रतियोगितामा रेफ्री बसेनन् । कोटामा नपरेको जिल्लाबाट खेलाडी आएको भन्दै अन्य जिल्लाले आपत्ति जनाएपछि विवाद शुरु भएको थियो । सोही विवादको कारण बिहानै शुरु हुनुपर्ने खेल दिनभरजसो रोकिएको थियो । कोटामा परेको जिल्लाका प्रतिनिधि, फुलकन्ट्रयाक कराते महासंघको नेतृत्व, रेफ्रीलगायत बैठक बसेर ओखलढुंगा र सप्तरीका खेलाडीलाई सहभागी नगराउने निर्णय गरेपछि ३ बजेपछि मात्र खेल शुरु भएको थियो ।
रेफ्रीको जिम्मेवारीबाट अलग भएका मिश्रले खेलाडीले नै खेल्न नपाउने प्रतियोगितामा प्रमुख रेफ्री भएर बस्न उचित नलागेकोले स्वविवेकले निर्णय गरेको बताए । ‘यो पुर्वाञ्चलको राम्रो खेलाडीहरुको छनौट प्रतियोगिता हो, राम्रा खेलाडीले राष्ट्रिय खेलकुदमा पुर्वको प्रतिनिधित्व गर्नुपर्छ तर व्यक्ति बिशेषले कोटाको कुरा झिकेर राम्रो खेलाडीहरुलाई खेल्नबाट बञ्चित गरे’–मिश्रले भने–‘खेलाडीले नै खेल्न नपाउने हो भने मुख्य रेफ्री बस्दिन भनेर निर्णय गरे ।’ खेल्न बञ्चित दुवै खेलाडीले सम्बन्धित जिल्ला खेलकुद विकास समितिबाट क्षेत्र र केन्द्रलाई दिने पत्र, फारमसमेत बोकेर आएका थिए । ओखलढुंगाका खेलाडी निरौलाका अनुसार राखेपको तालिम विभागबाट पत्र लिएर जाउ, खेल्न पाउछौं भनेपछि सोहीअनुसार प्रक्रिया पु¥याएर आएको बताए । ‘हामीलाई क्षेत्रीय छनौट भएपछि मात्र खेलाडी भत्ता र खर्च पाउछौं भने, त्यसमा पनि राजी भएर आएका हौं’–उनले भने–‘तर, खेल्ने अधिकारबाट खेलाडीलाई बञ्चित गरियो, म काठमाण्डौं भएर सम्बन्धित निकायमा अनसन बस्छु ।’
राष्ट्रिय खेलकुद परिषदले पुर्वाञ्चलमा फुलकन्ट्रयाक कराते खेलमा मोरङ, पाँचथर र सोलुखुम्बु जिल्लालाई मात्र छनौटमा सहभागी हुने कोटा दिएको ती जिल्लाका खेलकुद विकास समितिका प्रतिनिधिहरुको दाबी छ । कोटाबाहिरका जिल्लाबाट खेलाडी आएको भन्दै ती जिल्लाका प्रतिनिधिहरुले आपत्ति जनाएपछि ओखलढुंगा र सप्तरीका खेलाडीले खेल्न नपाएका हुन् । मोरङ जिल्ला खेलकुद विकास समितिका सदस्य राजेन्द्र प्रसाईले पुर्वमा ३ जिल्लालाई मात्रै कोटा भएको र राखेपको खेल निर्देशिका विपरीत पनि हुने भएकोले कोटा नभएको जिल्लाले छनौट प्रतियोगितामा सहभागी हुन नपाएको दाबी गरे । ‘राखेपले ७५ वटै जिल्लालाई कुन खेलमा कुन जिल्लाले खेल्न पाउने भन्ने लिष्ट पठाएको छ, त्यसमा फुलकन्ट्रयाक करातेको लागि ३ जिल्ला मात्रे छ’–उनले भने–‘सदस्य सचिव ज्युसँग कुरा हुदा कोटा नभएको जिल्लाले कसरी खेलाडी पठायो, कारबाही गर्छु भन्नु भएको छ ।’ दुई दिने प्रतियोगितामा मोरङका ३ जना, सोलुखुम्बुबाट १० र पाँचथरबाट ८ जना खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता खेल्नबाट खेलाडी बञ्चित हुनुमा जिम्मेवारी लिनबाट भने आयोजक, सम्बद्ध खेलकुद संस्था पन्छिएका छन् । नेपाल फुलकन्ट्रयाक कराते महासंघका अध्यक्ष दमन बस्नेतले खेलाडीलाई खेलाउन हरसम्भव प्रयास गरेपनि आफु सफल नभएको प्रतिक्रिया दिए । ‘खेलाडी हो, खेलाउ भनेर महासंघको तर्फबाट प्रयास गरे तर स्थानीयस्तरमा सम्भव भएन’–उनले भने–‘परिषदबाटै कोटा र खेल निर्देशिका विपरीत आएकोले नखेलाउनु भन्ने कुरा आयो ।’ आयोजक पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी भने राखेपबाट ३ जिल्ला तोकेर आएको तर खुल्ला पनि भनिएकोले फुलकन्ट्रयाक करातेमा समस्या भएको स्वीकारे । ‘खुला छनौट हो तर परिषदबाट ३ जिल्ला भनेर तोकेर पनि आयो त्यसैले विवाद देखिएको हो’–उनले भने–‘यसमा खेलाडीको दोष होइन, हामी सबैको कमीकमजोरी हो ।’

Comments
Post a Comment