पश्चिमाञ्चल र मध्यमाञ्चलको जित
धरान । सातौं वृहत राष्ट्रिय खेलकुदअन्र्तगत पुरुष फुटबल प्रतियोगितामा शनिबार पश्चिमाञ्चल र मध्यमाञ्चल क्षेत्रले जित हात पारेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको पहिलो खेलमा पश्चिमले नेपाल पुलिस क्लबलाई ३–० गोलअन्तरले हरायो ।पश्चिमाञ्चलको लागि पहिलो हाफको २५ औं मिनेटमा विमल घर्ती मगरले पहिलो गोल गरे । बाँकी दुवै गोल दोस्रो हाफमा कप्तान अनिल गुरुङले गरेका थिए । दोस्रो हाफको ३० औं मिनेटमा उनले अनिलले दोस्रो गोल गरे भने ४० औं मिनेटमा पेनाल्टी अवसरलाई सदुपयोग गर्दै तेस्रो गोल गरे । पुलिसका गोलकिपर रोशन खड्काले पश्चिमाञ्चलका विश्वास श्रेष्ठलाई डिबक्सभित्र फल गरेपछि रातो कार्ड पाउदै बाहिरिए भने पश्चिमाञ्चलले पेनाल्टी अवसर पाएको थियो । गोलकिपरले रातो कार्ड पाएपछि पुलिसको गोलपोष्ट कप्तान भोला सिलवालले सम्हाल्नु परेको थियो ।
दोस्रो खेलमा मध्यामञ्चलले पुर्वाञ्चललाई १–० को गोलअन्तरले हरायो । दोस्रो हाफको २८ औ मिनेटमा दिनेश हेन्जनले गरेको गोल खेलको निर्णायक बन्यो । खेलमा पुर्वाञ्चलले थुप्रै गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । शनिबारको खेलपछि लिग चरणको दुवै खेलमा जित हात पारेको मध्यमाञ्चल कुल ६ अंकको साथ शीर्षस्थानमा छ भने एक खेलमा हार र एक खेल जितको पश्चिमाञ्चल र नेपाल पुलिस समान ३÷३ अंक छ । आइतबार समुह खअन्र्तगतको पहिलो खेल सशस्त्र प्रहरी वल टिम र सुदुरपश्चिम क्षेत्रबीच हुनेछ भने दोस्रो खेल नेपाली सेनाको टिम र मध्यपश्चिम क्षेत्रबीच हुेछ ।





Comments
Post a Comment