गल्फमा पुर्वका तीन खेलाडी छनौट


धरान । पुष पहिलो साता हुने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगतको गल्फ खेलको पुर्वाञ्चल टिममा धरानका तीन खेलाडी छनौट हुन सफल भएका छन् । धरान १८ स्थित पार ७० को निर्वाणा गल्फ कोर्षमा सम्पन्न दुई दिने क्षेत्रीय छनौट प्रतियोगिताबाट २१ बर्षीय शिवराज माझी, १८ बर्षीय शिवबहादुर राई र ३४ बर्षीय राजु राई राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएका हुन् ।
प्रतियोगितामा शिवराज प्रथम, शिवबहादुर दोस्रो र राज तेस्रो भएका थिए । उनीहरुले राष्ट्रिय प्रतियोगिता पुर्वाञ्चल टिमको प्रतिधित्व गर्नेछन् । प्रथम भएका शिवराजले दुई दिनको खेलमा कुल २ अण्डर १ सय ३८ स्कोर गरेका थिए । उनले पहिलो दिन र दोस्रो दिन समान एक अण्डर ६९ स्कोर गरेका थिए । दोस्रो दिन उत्कृष्ट ४ खेलाडीको समुहमा परेका उनले फ्रन्ट नाइन लेभल पार ३५ र ब्याक नाइन एक अण्डर ४४ स्कोर खेलेका थिए ।
यस्तै, दोस्रो भएका शुक्रबहादुरले कुल ३ ओभर १ सय ४३ स्कोर खेले । पहिलो दिन एक अण्डर ६९ स्कोर खेलेका उनले दोस्रो दिन भने ४ ओभर ७४ स्कोर गरेका थिए । शनिबार उनले फ्रन्ट नाइनमा ३ ओभर ३८ र ब्याक नाइनमा १ ओभर ३६ स्कोर खेले । तेसो भएका राजु राईले कुल ८ ओभर १ सय ४८ स्कोर खेलेका थिए । पहिलो दिन उनले ७ ओभर ७७ स्कोर गरेपनि दोसो दिन भने प्रर्दशनमा सुधार गर्दै १ ओभर ७१ स्कोर खेलेका थिए । शनिबार उनले फ्रन्ट नाइनमा एक ओभर ३६ र ब्याक नाइनमा लेभल पार ३५ स्कोर खेले ।
छनौट प्रतियोगितामा पुर्वका कुल २४ जना एमेच्योर खेलाडीहरुले सहभागीता जनाएका थिए । ती मध्ये पहिलो दिन ९ ओभरको कट जोगाउन सफल १० खेलाडी मात्र दोस्रो चरणको खेल खेल्ने अवसर पाएका थिए । स्ट्रोक प्लेका आधारमा भएको प्रतियोगितामा १२ ह्याण्डीक्यापसम्मका खेलाडीहरुले खेल्ने मौका पाएका थिए । धरान गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बुका अनुसार राष्ट्रिय प्रतियोगिताको व्यक्तिगत स्पर्धातर्फ भने १२ ह्याण्डीकयाप मुनिका अन्य खेलाडीहरुले पनि सहभागिता जनाउनेछन् । पुर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुदअन्र्तगतको गल्फ खेल धरानकै निर्वाणा गल्फ कोर्षमा हुनेछ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे