उसुमा आर्मीलाई १० स्वर्ण(फोटोफिचर)
धरान । सातौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगतको उसुमा नेपाली सेनाले सर्वाधिक १० स्वर्ण पदक जितेको छ । धरान १३, अमरहाटस्थित अमर सेवा समाजको कबर्ड हलमा मंगलबार सम्पन्न खेलमा सेनाले १० स्वर्णसहित ४ रजत र ५ काँस्य पदक जितेको हो ।
थावलु विधातर्फ सोमबार नै विजय थापा सिन्जाली, हरिप्रसाद गोले र सबिता राईले सेनालाई स्वर्ण दिलाएका थिए । मंगलबार महिला चियान सु छियन सुमा ओशिन राई र महिला नान छवान अलराउण्डमा निमा घर्तीमगरले सेनालाई स्वर्ण पदक दिलाइन् । सान्सौंतर्फ पुरुष ७० केजीमा चित्रसिं ठकुरी, पुरुष ८० केजीमा रामचन्द्र बराल, महिला ६० केजीमा लुमन्ती श्रेष्ठ, महिला ६५ केजीमा अरुणा राई र महिला ७० केजीमा विन्दु पुनले सेनालाई स्वर्ण दिलाए ।
विभागिय टोली सशस्त्रले उसुमा ६ वटा स्वर्ण, ३ रजत र ४ काँस्य पदक जित्यो । सोमबार थाउलु विधाको महिला छाङ्ग छ्वानमा सुस्मिता तामाङले सशस्त्रलाई एक मात्र स्वर्ण दिलाएकी थिइन् । मंगलबार भने सान्सौंतर्फ ४८ केजीमा अशोक खालिङ, ५६ केजीमा अमर सुनार, ६० केजीमा मंगलप्रसाद थारु, ६५ केजीमा संजिव मर्हजन र ८५ केजीमा तेजबहादुर पल्लीले सशस्त्रलाई स्वर्ण पदक दिलाए ।
प्रतियोगितामा मध्यमाञ्चलले ३ स्वर्ण, ५ रजत र ५ कास्य हात पा¥यो । थावलु विधाअन्र्तगत पुरुष ताव सु कुन्सु अलराउण्डमा सोमबार राजु लामाले मध्यमाञ्चललाई एक स्वर्ण दिलाएका थिए भने मंगलबार सान्सौंतर्फ पुरुष ५२ केजीमा क्रान्ति लामा र महिला ५२ केजीमा अन्जली श्रेष्ठले थप स्वर्ण दिलाए । नेपाल प्रहरीले २ स्वर्ण, एक रजत र ४ कास्य पदक हात पा¥यो । प्रहरीलाई मंगलबार फाइनलमा सान्सौंतर्फ पुरुष ७५ केजीमा प्रेमचन्द्र दर्लामी र महिला ६५ केजीमा जुनी राईले स्वर्ण दिलाए । सुदुरपश्चिमाञ्चलका एलिना चौधरीले महिला ४८ केजीमा स्वर्ण जितिन् भने थावलु विधाअन्र्तगत पुरुष नान छवान अलराउण्डमा दिपक हमालले मध्यपश्चिमाञ्चललाई एक स्वर्ण दिलाए ।

Comments
Post a Comment