बास्केटवल खेलाडीलाई जर्सी प्रदान
धरान । पुर्वाञ्चल क्षेत्रीय छनौट प्रतियोगितामा सुनसरी जिल्लाको प्रतिनिधित्व गर्ने बास्केटवल खेलाडीहरुलाई जर्सी प्रदान गरिएकोछ । जिल्ला बास्केटवल संघ सुनसरीले मंगलबार एक कार्यक्रम आयोजना गरी १० जना खेलाडी, एक प्रशिक्षक र व्यावस्थापकलाई जर्सी प्रदान गरेको हो ।
सुनसरी जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आयोजित कार्यक्रममा खेलाडीलाई जर्सी वितरणसँगै संघको केन्द्रीय उपाध्यक्षमा नवनिर्वाचत सुरजकुमार लामालाई सम्मान पनि गरिएको थियो । उदयपुर जिल्लाको गाइघाटमा मंसिर २४ र २५ गते बास्केटवलको क्षेत्रीय छनौट हुदैछ । उक्त प्रतियोगितामा हेमन राईको कप्तानीमा सुनसरीको टिमले सहभागीता जनाउदैछ । खेलाडीहरुमा नविन राई, उज्वल राई, सिजन धमला, रवि बासफोर, विवेक श्रेष्ठ, भाष्कर प्रधान, प्रदिप गुरुङ, बिक्रम लिम्बु र दिपेश लिम्बु छन् भने प्रशिक्षकमा युगल लिम्बु र व्यवस्थापकमा राकेश राई छन् । उनीहरु बिहिबार गाईघाटतर्फ प्रस्थान गर्ने संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।
सोही कार्यक्रममा बास्केटवल संघ तथा विभिन्न बास्केटवल क्लब तथा खेलकुद संस्थाहरुले केन्द्रीय उपाध्यक्ष लामालाई सम्मान गरेको थियो । वक्ताहरुले नवनिर्वाति उपाध्यक्ष लामालाई बधाई दिदै पुर्वाञ्चलमा बास्केवटल खेलको विकास र विस्तारमा थप योगदान पुग्ने अपेक्षा राखेका थिए भने जिल्लाको बास्केटवल खेलाडीहरुले प्रतियोगिता जित्नुका साथै पुर्वाञ्चलको टिममा सबै खेलाडी छनौट हुन शुभकामना दिएका थिए । कार्यक्रममा प्याब्सनका जिल्ला उपाध्यक्ष अनुप योञ्जन, एन्फाका जिल्ला उपाध्यक्ष नविन राई, जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष धनप्रसाद राई, बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले शुभकामना दिएका थिए ।
केन्द्रीय उपाध्यक्ष लामाले खेलअवधिबाहेकको समयमा पनि अनुशासन उल्लंघन गर्ने खेलाडी र प्रशिक्षकलाई कारबाही गर्ने भनि विधान संशोधन भइसकेकोले खेलाडीहरुलाई सचेत हुन र अनुशासनमा रहन आग्रह गरेका थिए । सोही कार्यक्रममा जिल्ला बास्केटवल संघलाई अशोक राना र केशव रिजालले एक थान दराज उपलब्ध गराएका थिए भने संघले जिल्ला खेलकुद विकास समितिमा बोर्ड राख्दै कार्यालय स्थापना गरेको घोषणा पनि गरेको थियो ।

Comments
Post a Comment